Bagmati Samachar Logo

एमाले अनुशासन आयोगद्वारा घनश्याम भुसाललाई कारबाहीको सिफारिस

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टी अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । भुसालले पार्टी अध्यक्षका विरुद्धमा एक टेलिभिजन कार्यक्रममा बोलेकाले कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।

भुसालले अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । गत १८ गते आयोगको सचिवालय बैठक बसेर कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

यता आयोगका अध्यक्ष केशव बडालले पनि कारबाहीको लागि केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाएको बताए । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न नपाइने बडाले बताए ।