Bagmati Samachar Logo

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष माओवादीले जिते

काठमाडौं। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका छ्न् ।

अध्यक्ष राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत पाएका छन् ।

त्यस्तै उपाध्‍यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।