काठमाडौँ महानगरपालिकाको मतगणना सुरु
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणना राष्ट्रिय सभा गृहमासुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: