श्रेष्ठले निजी लगानीमा सडक निमार्ण गरेर गाउँपालिकालाई हस्तान्तरण गरे
काठमाडौं । ओखलढुंगा जिल्लाका राजनीतिक कर्मि तथा समाजसेवी जयबहादुर श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमा साढे ६ कि.मि सडक खनाएर सुनकोशी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । श्रेष्ठ आफ्नो जन्मस्थान लगायत जिल्लाका विभिन्न स्थानहरुका जनाताको जिवनसंग जोडिएको सडक निमार्ण कार्यसम्पन्न गरी पालिकालाई हस्तान्तरण गरेका छन् ।

जिल्ला भरी सडक निमार्णको लहर चलेको भएपनि आफ्नो गाउँठाउँ मोटरबाटोको पहुँच भन्दा टाढा रहेकाले आफूले आफूले सडक निमार्ण गरेको बताएका छन् । आफ्नो जन्मभूमि र त्यस भेगका जनताहरुको दैनिक उपभोग्य वस्तु नुन तेल लगायतका खाद्यन्न सामग्रीहरु र आपत पर्दा बिमारीहरु समेत ढाकरमा बोकी निर्वाह गर्नुपर्ने बाध्यता रहेको तर तत्कालिन समयमा त्यस स्थानमा मोटरबाटो लैजानका लागि कुनै खालको योजना पर्न सक्ने सम्भावना नरहेका कारण आफूले यातायात पुन्याउने अठोटकासाथ कल्लेरी देखि सिस्नेरी भञ्ज्याङ्ग सम्म सडक खोलेको बताएका छन् ।

उक्त सडक निमार्ण कार्य २०६६ सालबाट सुरु गरेर २०६७ सालमा सम्पन्न गरेका थिए । उक्त सडकखण्ड साविक (सिस्नेरी गा.वि.स. वडा नं. ९ ) को कल्लेरी बेसि मोलुखोला बाट सडक खन्न सुरुगरी भुमेडाडा हुदै ऐ वडा नं. ५ सिस्नेरी गाँउको बिचै बिच हुवै डाडादेउ सल्लेनी मनबाट ऐ वडा नं.४ खोमते सिस्नेरी भन्या खोल्सी सम्म ६६०० मिटर सडक निमार्ण भएको छ ।

सडक खनि सकिएपछि नियमित ट्र्याक्टर लगायतका यातायातका साधनहरु संचालनमा आएका छन् । यातायातका साधनहरु संचालनमा आएपछि ढाकरबाट निर्वाह गर्नुपर्ने जटिल अवस्थाबाट छुटकारा पाई जिवनयापन सहज भएको स्थानीय बताउछन् । उक्त सडकखण्ड त्यहाँको मुख्य सहकको रुपमा स्थापित भएको श्रेष्ठले बताए । श्रेष्ठले भने ‘आफ्नो जन्मभुमिमा मैले सकेको योगदान गर्ने मनसाय लिई आफ्ने लगानीबाट योजना सम्पन्न र संचालन भैसकेको छ । अब सक्त सडकखण्डको मर्मत सम्भार, स्तरोन्नती र समय सापेक्ष कालोपत्रे लगायतका सम्पूर्ण कार्यको लागि औपचारिक रुपमै गाउपालिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छु ।’

श्रेष्ठले त्यस्तै अर्को पालिकामा पनि सडकखण्ड निमार्णमा ५० प्रतिशत सहयोग गरेका छन् । श्रेष्ठले ५० प्रतिशत रकम आफ्नो तर्फबाट जुटाई जिल्लाको साविक मानेभञ्ज्याङ्ग गा.वि.स. को हिटीबाट गा.वि.स. को आरुबोट हुदै टोक्सेल गा.वि.स. को कर्कने टोल विर्ता हुदै भदौरे सातसल्ले शहिद पार्क सम्म ६.६ किलोमिटर सडक निर्माण गरी यातयात सुचारु भएको छ । उक्त सडकखण्डको मर्मत सम्भार मानेभञ्ज्याङ्ग गाउँपालिकाको सहयोगबाट निरन्तर हुदै आएको थियो । सडक हस्तान्तरणपछि मर्मत, सुधार, स्तरोन्नतसहितको कालोपत्रे गर्ने जिम्मेवारी गाउँपालिकालाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: