Bagmati Samachar Logo

एमालेका १०नेता प्रति नेपालको व्यङग्यः आँट नभएकाहरु रोएर बसिरहेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु अहिलेपनि ढोकामा बसेर रुइरहेका बताएका छन् । नेपालले १० जना नेताहरुप्रति व्यग्य गदै उक्त कुरा बताएका हुन् ।

एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभए पछि आफुहरुले विद्रोह गरेर नयाँ पार्टी बनाएको बताएका छन् ।
सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा सभालाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न विद्रोह गरेको बताए ।

एमालेमा बहस छलफलको कुनै गुन्जायस नै नभएपछि छोडेको बताए। उनले भने ‘जब स्पेश हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । एमालेमा ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ । हामीले पनि निसास्सिएपछि विद्रोह गरेका हौं ।’

केहिले विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर बसिरहेको टिप्पणी गरे । उनले भने ‘आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका छन्। आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन ।’