बागमती प्रदेशमा दुई मन्त्री थपेर मन्त्रीपरिषद विस्तार हुदै
हेटौंडा । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । बागम प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । विस्तारित मन्त्रिपरिषदमा माओवादी केन्द्र र नेपाली काँग्रेसका एक–एक जना थपिन लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पाण्डेले कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्। जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्य मन्त्रीको जिम्मा पाएका छन् ।
उनीहरुको दिउँसो ५ बजेका लागि सपथ ग्रहणको तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरिसकेको छ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन्। भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्: