राष्ट्रपतिको विवरण संकलन गरेर राष्ट्रिय जनगणना सुरु
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ ।
तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेर राष्ट्रपतिको जनगणना गरेका छन् । गणकहरुले प्रश्न सोधेका थिए भने राष्ट्रपतिले जवाफ दिएकी थिइन् ।
तथ्याङक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले शीतलनिवास पुगेर जनगणना गरेका थिए ।
बिहान ९ बजे गणक टोली शीतलनिबास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरिएको बताइएको छ ।
साथै देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गतेसम्म हुने छ । जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: