सुदुरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी नियुक्त
काठमाडौं । सरकारले देवराज जोशीलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेपाल सरकारको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेसबाट संबिधानसभा सदस्य पनि भइसकेका छन् । नेपाली काङ्ग्रेस बाजुराका पूर्व पार्टी सभापति समेत बनेका जोशी सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: