Bagmati Samachar Logo

सोमबार सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष नेताहरुबीच भेटवार्तामा भएको बताइएको छ । समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतले बताएको छ । शिर्ष नेताहरुको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको बताइएको छ । स्रोतका अनुसार सत्ता गठबन्धन दलको बैठक ५ बजे बोलाएको छ ।

प्रधानमन्त्री कोपा सम्मेलनबाट फर्केपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।