‘सोसल मिडिया वार’मा सहभागी हुन ओलीको नेताकार्यकर्तालाई निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सहभागी हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । राजधानीमा भएको एक कार्यक्रममा ओलीले ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताए ।
ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे । एक प्रसंगमा आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई बद्नाम गर्न खोजेको ओलीको भनाई थियो ।
आफू सरकारमा हुदा पनि टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर भ्रम फैलाउने काम गरेको उनले बताए ।
उनले भने ‘कसैले गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’
कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: