सल्यान बस दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै
काठमाडौं । आइतबार सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ आउदै गरेको बस दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।
८ जनाको घटना स्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताएका छन्।
घाइतेहरुको सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।
धेरै स्पिड र जीर्ण सडकका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट २ सय मिटर तल खसेको र बस चालक अझै फरार रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्: