एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको छ ।
आजको बैठकले स्थायी कमिटीले गरेका निर्णयहरु अनुमोदन गर्ने छ । साथै वडा र पालिका अधिवेशनको समिक्षा हुने बताईको छ ।
एमालेले आगामी मंसिरमा महाधिवेशन गदै छ । उक्त महाधिवेशनको लागि बनाएको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने बताईको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । यसलाई पनि आजको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: