ओली गुटसँग पार्टीको कुनै पनि आधिकारिकता छैनः अध्यक्ष नेपाल
काठमाडौं । २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधकुमार नेपालले ओली गुटसँग पार्टीको कुनै पनि आधिकारिक प्रमाण नभएको बताए । आईतबार जनकपुरधाममा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपालले आफ्नै पार्टी भित्रका शीर्ष नेतालाई प्रधानमन्त्री र अध्यक्षको ललिपप देखाउँदै भाडभैलो गर्नका लागि स्याल हुइयाँ गर्दै ओलीको चलाखी दाउ मार्ने योजना असफल पारिदिएको दावी गरे ।
ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि नेकपा प्रचण्ड–माधव पक्षले वडा, पालिका देखि प्रदेशसम्म गठन गरेका संघर्ष समितिका संयोजक, सहसंयोजक तथा जिल्ला एवं प्रदेशका नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन् । सो कार्यक्रममा नेकपाको संस्थापक पक्ष हामीहरु नै आधिकारिक रहेको र आफुसंग करिब ७५ प्रतिशत केन्द्र देखि तल्लो कमिटीसम्मका पार्टी कमिटी रहेको बताउदै सूर्य चिन्ह आफुसंग नै रहने बताए ।
उनले ओलीलाई ईंगित गर्दै भने, स्याल बनेर पार्टी र देशलाई ध्वस्त पार्न ध्येयले अघि बढ्ने योजना बुनिरहेको कुरा अर्का अध्यक्ष प्रचण्ड, म, झलनाथजी, सुरेन्द्र पाण्डेजी, रघुजी पन्त लगायतका शीर्षनेताहरु थाहा पाएपछि हामीले वहाँलाई कारवाही गरिसकेका छौँ, र अहिले नेकपाको अध्यक्ष प्रचण्ड र म नै हुँ बताए । ओलीलाई कारवाही गरेपछि उनी अहिले छोटाका गुटका अध्यक्ष मात्र रहेको उनले बताए । यसमा कुनै पनि किसिमको भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई स्पष्ट समेत पारे ।
उनले भने ओलीले सत्ता र सरकारको दुरुपयोग गरि भ्रम छरेर जनतालाई दिग्भ्रमित पारिरहेको छन् । एकतापछि जुन पार्टीले अध्यक्ष देखि प्रधानमन्त्री समेत बनाए अहिले त्यही पार्टी विरुद्ध, नेतृत्वपंक्ति विरुद्ध कम्मर कसेर लागेकाले आन्दोलनको विकल्प हामीसंग केहि नरहेकाले आन्दोलनको लागि तयारीवस्थामा रहेको बताए । उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, विध्वंसकारी विरुद्ध आन्दोलनका लागि अघि बढ्नुस् ।
कार्यकर्ता भेटघाट नेकपा धनुषाका ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य श्रवण यादव बरबरियाको अध्यक्षतामा भएको थियो । उक्त भेटघाटमा केन्द्रिय सदस्यहरु श्रीप्रसाद साह, रत्नेश्वरलाल गोइत, सुधिर साह, नागेन्द्र चौधरी लगायतका नेताहरुको समेत थिए ।
प्रतिक्रिया दिनुहोस्: