नेपाल टी–२० विश्वकपमा छनोट
काठमाडौं । नेपाल १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट भएको छ । छनोट प्रतियोगिताको दुई खेल खेल्नुअगावै नेपाल विश्वकपमा पुगेको हो ।
आज भएको खेलमा सामोआविरुद्ध यूएईले जित निकालेपछि नेपाल र ओमानले दुई खेलअगावै विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । नेपालले तेस्रोपटक विश्वकपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।
२०२६ मा हुने टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्: