Bagmati Samachar Logo

जापानमाथि नेपालको सहज जित

काठमाडौं । टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा जापानलाई ५ विकटले हराउदै नेपालले जितेको छ ।

आज ओमानमामा भएको खेलमा टस जितेर नेपालले बलिङ रोजेको थियो । जापानले ब्याटिङ गरेको थियो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि ओपनर आशिफ शेखले ३८ तथा कुशल भुर्तेलले २१ र गुल्सन झाले अविजित २८ रन प्रहार गरे ।

जापानका शोमा स्लेटरले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका कप्तान केन्डेल काडोवाकी फ्लेमिङ ६० तथा इसाम रहमानले ३१ रन प्रहार गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान २–२ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले कुवेतलाई पराजित गरेको थियो ।

नेपाल यो खेलअगाडि नै सुपर सिक्समा प्रवेश गरिसकेको छ ।