Bagmati Samachar Logo

नेपालले जित्यो टी– २० सिरिजको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।

आज अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सिरिजका पाँचमध्ये तीन खेल नेपालले जित्यो ।

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १.१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।