गुन्डा नाइके राजु गोर्खाली पक्राउ
काठमाडौं । काठमाडौंबाट गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट पाएनन् ।
प्रतिक्रिया दिनुहोस्: