Bagmati Samachar Logo

डेढ करोड रकमसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ गरेको छ ।

काठमाडौंको बौद्धबाट पक्राउ परेका ४० वर्षीय वाङ जियान चिनियाँ नागरिक हुन् ।

सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा कारोबार भइरहेको ठाउँबाट नै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको प्रहरीले जनाएको छ ।