सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या, पाँच जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ।
असार १० गते भोटेकोशी गाउँपालिका ५ को जंगलमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो।
बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
उनको शव भोलिपल्ट असार ११ गते फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो।
‘समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो। त्यसमा संलग्न पाँच जना पक्राउ परेका छन्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्: