३३ वर्ष पुरानो फैसला कार्यान्वयनका लागि कांग्रेस प्रदेश सांसद जेल चलान

काठमाडौं । नेपाली कांग्रेसका एक जना प्रदेशसभा सदस्य ३३ वर्ष पुरानो फैसला कार्यान्वयनका लागि जेल चलान भएका छन् । रुकुम पूर्व (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी आइतबार जेल चलान भएका हुन् ।
९ असार २०४८ मा अदालतले केसीविरुद्ध सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्धविच्छेदको नक्कली कागज बनाएको आरोपमा उनकै श्रीमती राधा केसीले दिएको मुद्दामा उनी दोषी ठहर भएका थिए ।
तर, केसीले अदालतको सो सजाय भुक्तान गरेका थिएनन् । तर, आइतबार उनी अदालतमा आफैँ उपस्थित भएपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्: