Bagmati Samachar Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । महरालाई म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेर दिउँसो काठमाडौं ल्याएको हो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।