Swornakshar Logo

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता, रुसी सेनामा नेपाली भर्नाबारे छलफल

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच बिहीबार फोनवार्ता भएको छ । सो क्रममा रुसी सेनामा नेपालीको अवैध भर्नाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वार्ताका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई मृत्यु भएकाहरूको शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका विषयमा कुरा गरेको मन्त्रालयले जनाएको छ ।

जवाफमा रुसी विदेशमन्त्रीले नेपालको चासोको विषयमा सक्दो सहयोग गर्ने वचन दिएका छन् ।