Bagmati Samachar Logo

प्रहरीले लागूऔषध कारोबारी पक्राउ गर्न ललितपुरमा गोली चलायो

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

एकजना लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको एसपी रवीन्द्र रेग्मीले बताए । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् । उनको साथबाट लागू औषध र पेस्तोल बराबद गरेको प्रहरीले जनाकारी दिएको छ ।

उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टरमा उपचार भएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।