गौतमबुद्ध विमानस्थलका लागि भारतले दियो उपकरणमा आधारित अवतरण प्रणालीको अनुमति

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी नेपाल भारतबीच समझदारी भएको जानकारी दिए । बिहीबार प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन लगत्तै सञ्चार माध्यमसँग कुरा गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
योसँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित ९आईएलएस० विमानहरू अवतरण हुन सक्ने भएका छन् । यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् ।
अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरूले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । आईएलएस उपकरणमा आधारित ल्यान्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्: