Swornakshar Logo

डरकै कारण मदन भण्डारी हत्याको छानबिन हुंँदैन

त्रिलोचन ढकाल
काठमाडौं । ३ जेठ । देशमा पञ्चायती व्यवस्था थियो । राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । २०३६ सालमा जनमतसंग्रहको घोषणा गरेको थियो । म स्याङ्जा जिल्लाको नेपाल कम्युनिस्ट पार्टी ९माले० को जिल्ला कमिटी सदस्य थिएँ ।

मलाई पार्टीले बनारसमा विद्यार्थी संगठनको पर्चा छाप्न पठायो । त्यो समयमा विद्यार्थीको काम पनि पार्टीले नै गरिदिनुपथ्र्यो । त्यही भएर म गण्डकीको विद्यार्थी संगठनको पर्चा छाप्न गएँ ।

त्यो समयमा वामदेव गौतम पश्चिमोत्तर क्षेत्रका नेता हुनुहुन्थ्यो । लुम्बिनीमा नेता जीवराज आश्रित र प्रदीप नेपाल हुनुहुन्थ्यो । मलाई नेपालले बनारस कसको कोठामा जाने कसलाई भेट्ने भन्ने सबै कुरा बताउनुभयो ।

म एक जना धादिङका नारायण भन्ने साथीसँग बनारस पुगेँ । म बनारसमा मदन भण्डारीहरूसँग बसेँ । मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने त्यहीँ हुनुहुन्थ्यो । आश्रित पार्टीका दस्तावेज छाप्न जानुभएको रहेछ । मुकुन्द न्यौपाने र मदन भण्डारी दस्तावेज लिन जानुभएको रहेछ । भण्डारी कोसीमा र न्यौपाने नारायणीमा हुनुहुन्थ्यो । ४र५ दिनपछि सबै त्यहाँबाट हिड्यौँ । प्रश्रितको कार्यक्षेत्र रूपन्देही थियो । हामी दुवै जना रूपन्देही आयौँ ।

मदन भण्डारीले गीत गाउन लगाए

बनारसमा भएको भेटमा मदन भण्डारीले ‘एउटा क्रान्तिकारी गीत गाउनुहोस् त पश्चितिरको’ भन्नुभयो । मैले त दोहोरी गाएँ, त्यो पनि केटी फकाउने । उहाँले भन्नुभयो, ‘तपाईंलाई क्रान्तिकारी गीत गाउन आउँदैन हो । सिकाएन छ कि क्या हो किशोर चौधरीले गीत गाउन तपाईंलाई रु’

वामदेव गौतमलाई किशोर चौधरी भन्थ्यौँ ।

उहाँले नै पछि गीत गाउनुभयो–

सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे,
आउँदैन है जनवाद भाषण ठोकेर,
आउँदैन है जनवाद बाकस थापेर ।

म भूमिगत भएँ । केन्द्रीय कमिटीको बैठक बस्यो । म त्यो समयमा त्यो बैठकमा बस्ने त भइनँ, तर बैठकमा आएका मदनसँग भने भेट भयो । त्यो समयमा ३र४ वटा केन्द्रीय कमिटीका बैठक यही क्षेत्रमा भएका थिए । 

२०४६ सालमा खुल्ला भेट 
    
उहाँसँग विभिन्न केन्द्रीय कमिटीमा भेट भए पनि खुल्ला रूपमा भने २०४६ सालपछि भेट भएको थियो । उहाँको वैचारिक, सांगठनिक क्षमता धेरै थियो । उहाँमा सबैलाई मिलाएर अगाडि लैजाने क्षमता थियो । उहाँमा वैचारिक नेता हुनुहुन्थ्यो । उहाँ २०४१ सालमा पोलिटब्यूरो बन्नुभएको हो । उहाँले वैचारिक नेतृत्व भने २०४२ सालदेखि गरेको देखिन्छ । 

उहाँ पोलिटब्यूरो भएर पनि वैचारिक नेतृत्व गरेको भएकाले २०४६ सालमा नै महासचिव हुनुभयो । महासचिव हुँदा सबैले उहाँको नेतृत्व स्वीकारेका हुन् । त्यो महाधिवेशन उदयपुरमा भएको थियो । बहुदलका लागि आन्दोलन गर्ने भन्ने कार्यनीतिक नारा अगाडि बढाइएको थियो । त्यसपछि मंसिरमा कास्कीमा केन्द्रीय कमिटीको बैठक बस्यो । त्यही बैठकबाट वाममोर्चा बनाउने र कांग्रेससँग मिल्ने भन्ने कार्यनीति पास भएको हो ।

वाममोर्चा मदन भण्डारीले नै बनाउनुभएको हो । यसको नेतृत्व साहना प्रधानलाई ल्याइयो । त्यो समयमा वाममोर्चाको नेतृत्व गर्नेमा दुई जना थिए– मनमोहन अधिकारी र तुलसी लाल । तर, तुलसीलाई अन्य कम्युनिस्टले नमान्ने अवस्था थियो । मनमोहनलाई राजावादी भन्थे । त्यस कारण मदनले नै साहनालाई नेतृत्व दिऊँ भन्नुभयो । उहाँकै पहलमा साहनालाई नेतृत्व दिइयो, जुन सबैले स्वीकारेका थिए ।

बहुदलीय जनवादको प्रस्ताव

पाँचौँ महाधिवेशनमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यदिशा ल्याउनुभयो । उहाँको कार्यदिशा पार्टीले सहज रूपमा स्वीकार ग¥यो । उहाँले सुरुमा बहुदलीय जनवाद मात्र नाम गरेर प्रस्ताव ल्याउनुभयो । तर, अन्य कमरेडले यही नामले पुग्दैन भन्नुभयो । बहुदलीय जनवाद त कसको हो कसको । त्यही भएर जनताको बहुदलीय जनवाद भनौँ भन्ने प्रस्ताव ल्याउनुभयो, उहाँले स्वीकार्नुभयो ।

मदन भण्डारीले बहस गर्न थालेपछि अरू कमरेड सुनेर बस्थे । उहाँ विचारका हिसाबले धेरै परिपक्व नेता हुनुहुन्थ्यो । झापा आन्दोलनबाट आएको मालेलाई नै परिवर्तन गरेर जनताको बहुदलीय जनवादमा ल्याउन सफल हुनुभयो । जब कि सुरुमा माले भारतको नक्सलवादी आन्दोलन र चीनको सांस्कृतिक क्रान्तिबाट प्रभावित थियो । 

उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको जस्तो एकदलीय शासन पद्धति भयो भने पञ्चायत र हामीमा के फरक हुन्छ भनेर जनताको बहुदलीय जनवाद ल्याउनुभयो । मालेको महासचिव हुँदा नौलो जनवाद स्वीकारेका थिए । त्यो समयमा झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो ।

मार्क्सवाद बहुदलविरोधी होइन भन्ने निष्कर्ष निकालेको थियो । एकदलीय होइन, मार्क्सवाद बहुदलीय पनि हुन्छ भनेर बहुदलमा जाने निर्णय गरेको हो ।
 
त्यो समयमा सीपीको नेतृत्वमा छँदै पनि सशस्त्र क्रान्ति छोड्ने निर्णय भएको थियो । त्यही भएर पनि झापा आन्दोलनलाई जनताको बहुदलीय जनवादमा आउन सहज भएको थियो । २०४३ सालमा नै पञ्चायत उपयोग गर्ने नीति लियो । त्यो समयमा केही सांसद पनि विजयी भए । कास्कीबाट सोमनाथ प्यासी, काठमाडौंबाट पद्मरत्न तुलाधर, चितवनमा जागृतप्रसाद भेटवाल, झापाबाट द्रोणाचार्य क्षत्री र नोवेल भन्ने अर्का साथी थिए । 

फेरि पनि कुरा चलिरहेको थियो । पार्टीले २०४६ सालको चौथो महाधिवेशनले जनवाद स्वीकार गर्ने भन्ने निर्णय गरेको हो ।

उहाँले पार्टी एकता गर्नुभयो । पाँचौँ महाधिवेशनमा बहुदलीय जनवाद ल्याउनुभयो । त्यो स्वीकार भएन । त्यसपछि जनताको बहुदलीय जनवाद भन्ने भयो । 

सीपी मैनाली र झलनाथ खनाल जनताको बहुदलीय जनवादको विपक्षमा लाग्नुभयो । उहाँहरूले नौलो जनवाद भन्नुभयो । यही नौलो जनवादमा मोहनचन्द्र अधिकारी पनि थिए ।

त्यो समयमा रूसलाई सामाजिक फासीवादी भनिन्थ्यो । तर, मदनले होइन अहिलेसम्म समाजवादी नै समाजवाद हो भनियो । माओत्से तुङको विचारधारा नमान्ने । तर, विरोध पनि नगर्ने भन्ने निर्णय पार्टीमा नै भएको हो । 

संसारको कम्युनिस्ट आन्दोलनलाई बहुलवादमा लैजानुभएको हो । यो ऐतिहासिक काम हो । त्यस्तै, अमेरिकाको न्यूज वीकले कार्ल मार्क्स नेपालमा ज्यूँदै छ भनेको होइन । उहाँले नै हो कम्युनिस्टलाई बहुदलमा ल्याएको । 

मदनका हत्याराले धम्की दिएको हुनुपर्छ

नेकपा एमालेका तत्कालीन महासचिव चढेको जीप चितवनको दासढुङगा भन्ने ठाउँमा दुर्घटना भयो । उक्त दुर्घटना भएपछि केपी ओलीको नेतृत्वमा पार्टीले छानबिन आयोग बनायो । त्यो आयोगले १ महिनामा प्रतिवेदन पेस ग¥यो । उक्त प्रतिवेदनमा मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको उल्लेख छ । तर, आजसम्म उक्त हत्यामा को को संलग्न छन् भनेर छानविन भएन । 

त्यही समयमा सरकारले पनि छानबिन समिति बनायो । उक्त छानबिन आयोगको सदस्यमा पार्टीको तर्फबाट भीम रावललाई पठाउने निर्णय गरेको थियो । उहाँ जान मान्नु भएन । त्यसपछि प्राध्यापक धौपडेललाई पठायो । 

रहस्य भए हत्या गर्नेहरूले नै केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, भीम रावल र धौपडेललाई धम्की दिएको हुनुपर्छ । उहाँहरू सत्तामा हुनुहुन्छ । दुईतिहाइको सरकार हुँदा पनि छानविन नहुनु भनेको कहीँ न कहीँबाट डर धम्की आएको छ भन्ने मलाई लाग्छ । यत्रो ठूलो हत्या गर्ने जासुसहरूले त घरमा श्रीमतीलाई नै हातमा लिएर धम्क्याउँछन् । 

आफ्नै नेतृत्वमा बनेको छानविन समितिले ल्याएको प्रतिवेदनअनुसार किन दोषीमाथि कारबाही गर्दैनन् रु कहीँ न कहीँ डर देखाएको छ । आज पनि डरकै कारण हुन सक्छ, त्यो विषय नै कोट्याउन चाहँदैनन्, त्यो बेलामा ‘हत्यारालाई फासी दे’ भन्दै आन्दोलनमा उत्रिने कमरेडहरू । अहिले उहाँहरू नै सरकारको नेतृत्वमा हुनुहुन्छ ।

रेडिकल क्रान्तिकारी मदन

उहाँ रेडिकल क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँले नै पहल गरेर नेकपा माले खुल्ला गर्नुभएको हो । उहाँ र सीपी मैनाली पार्टी खुल्ला गर्ने पक्षमा थिएनन् । पार्टीले नै निर्णय गरेर खुल्ला हुनुपथ्र्यो । त्यो समयमा अथवा बहुदल आएपछि पनि कैयौँ कम्युनिस्ट पार्टी खुल्ला भएनन् । भूमिगत नै रहे । तर माले भने खुल्ला भयो । उहाँले खुल्ला रूपमा संगठन गर्नुपर्छ भनेर मालेलाई खुल्ला बनाउनुभयो ।

माले र मार्क्सवादीबीच एकता भयो । त्यो समयमा पनि पार्टी खुल्ला हुँदै थिए । २०४७ साल पुसमा पार्टी एकता भयो । मनमोहन अध्यक्ष र महासचिव मदन भण्डारी हुनुभयो । पार्टी सञ्चालनको अधिकार महासचिवलाई दिइयो ।

(शिलापत्रकर्मी कृष्ण गिरीले नेता ढकालसँग गरेको कुराकानीमा आधारित)