Swornakshar Logo

नेकपाले महाधिवेशन २०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव

कांग्रेससँग दलाल, साना दलसँग एकता (प्रतिवेदनसहित)

१५ माघ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अघि वढाउन कांग्रेससँग सहकार्य गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

नेकपाको आजवाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा संविधान कार्यान्वयन र लोकतान्त्रिकरणका लागि कांग्रेससँग सहकार्यको आवश्यकता औल्याइएको छ ।

होसियारीपूर्वक सहकार्य गर्नुपर्ने उल्लेख गरेका प्रचण्डले कांग्रेसको चरित्र भने प्रतिकृयावादी भएको निष्कर्ष निकालेका छन् ।

उसको यो चरित्रको भण्डाफोर र आलोचना भने गरिरहने नीति पार्टीले अख्तियार गर्नुपर्ने प्रस्ताव उनले गरेका छन् ।

क्षेत्रीय र साना वामदलसँग सहकार्य र एकता

राजनीतिक प्रतिवेदनमार्फत उनले क्षेत्रीय र साना वाम दलसँग आलोचनामात्र नभई सहकार्य र एकताको नीति अवलम्वन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘देशमा रहेका साना क्षेत्रीय र साना वामपन्थी पार्टीहरुसँग ओचना, सहकार्य र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनु पर्छ,’ राजनीतिक प्रतिवेदनको पृष्ठ १४ मा भनिएको छ ।

पार्टी संगठन कमजोर

राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले पार्टी संगठन कमजोर बनेको स्वीकार गरेका छन् ।

पार्टी एकता प्रक्रियालाई पूर्णता दिन ढिलाई भएका कारण पार्टी संस्थागत बन्न नसकेको उनको प्रतिवेदनको निष्कर्ष छ ।

पार्टीमा विभिन्न गुटहरु सक्रिय रहेको भन्दै प्रतिवेदनमा उनले पार्टीभित्र घात अन्र्तघात र अराजकताका प्रवृत्ति कायम रहेको भन्दै चिन्ता जाहेर गरेका छन् ।

गल्ती गर्नेलाई सजाय दिने परिपाटी विकास नभएकोमा समेत प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ ।

यस्ता कार्य निस्तेज पार्न उनले पाटीृको मार्गदर्शक सिद्धान्तवारे कार्यकर्तालाई स्कुलिङ गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

कार्यकर्तालाई पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद भएको र तत्कालनी ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भन्ने बिषयलाई वुझाउन जरुरी रहेको औल्याएका छन् ।

महाधिवेशन २०७७ चैतमा

प्रचण्डले नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ साल चैतको २५ गतेदेखि ३० गतेसम्म गर्न प्रस्ताव गरेका छन् ।

२०७७ भदौदेखि मंसिरसम्म सवै स्थानीय र प्रदेश तहका अधिवेशन गरिसक्ने उनको राजनीतिक प्रतिवेदनको पृष्ठ ३४ मा उल्लेख छ ।

https://drive.google.com/drive/my-drive