Swornakshar Logo

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम गर्न ओली र प्रचण्डको निर्देशन

सचिवालयको छलफलपछी नेकपाका प्रदेशका नेता तथा सांसदहरु राजधानी हेटौंडा कायम गर्न प्रतिवद्ध

२२ पुस । हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले कडा रुपमा नेकपा प्रदेश ३ कमिटी र प्रदेश सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको राजधानी हेटौंडामा राख्नुले ठुलो महत्व रहेको भनेर अध्यक्षद्धय र पार्टीका शिर्षस्थ नेताहरुले भनेको बैठकमा सहभागि प्रदेशका आन्तरिक मामिला ताथ कानून मन्त्री शालिकराम जमकट्टेलले बताए । प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको समेत नेताहरुले बताएका छन् ।

हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन समूह सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं गएको थियो । तर, पहिले गरको निर्णयम सचिवालय टसको मस नभएर थप निर्देशन दिएपछी प्देशका नेता, सांसद र मन्त्रीहरु आज फर्किएका छन् । दुईघण्टा सम्म प्रधानमन्त्री निपवास वालुवाटारमा वसेको बैठकपछी स्थायी राजधानी हेटौंडा कायम गर्न सवै सहमत भएको उनले बताए ।

‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।–’ पार्टी नेतृत्व भेट्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले भने। हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं गएका थिए । आज मुख्यमन्त्री निवासमा हुने भनिएको संसदीय दलको बैठक छोडेर केही नेताहरु सोमबारै संघीय राजधानी गएका कारण पनि हुन सकेको थिएन । संसदीय दलको बैठक अव वसेर राजधानीबारेमा मतदान गरिने छ ।

प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेश ३ का सचिव नारायण दाहाल, मन्त्री जमकट्टेल लगायतको टोली काठमाडौं गएको थियो ।
नेता र मन्त्रीहरुले आज मंगलबार केपी ओली, माधवकुमार नेपाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । नेकपा केन्द्रीय सचिवालले गत आइतबार प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषयमा विवाद चुलिँदै गएको छ ।

विवादले हेटौंडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । नामको विषयमा अधिकांश सांसदहरुले सहमती जनाएपनि राजधानीको विषयमा विवाद हुँदै आएको हो ।