Swornakshar Logo

नेकपाभित्र उस्तै आरोपमा भेदभाव मन परेकालाई पुरस्कार मन नपरेकालाई दण्ड

१७ असोज । काठमाडौं । बेला–बेला नेताहरुको सांस्कृतिक विचलनबारे कम्यूनिष्ट पार्टीहरुमा चर्चा चल्छ । कतिपय नेताहरु सांस्कृतिक विचलनको कारबाहीमा परि राजनीति जीवन त्याग्नु परेको छ । विचलन कै कारण कतिपय नेताहरु कारबाहीमा परि राजीनामा, पद घटुवा, निलम्बनजस्ता थुर्पै यस्ता घटनाहरु भएका छन् ।

कम्यूनिष्ट पार्टीले सांस्कृतिक रुपमा कसैमा विचलन आएको खण्डमा हदैसम्मको कारबाही गरेको पनि भेटिन्छ । तर विचलन कै क्रममा त्यहि पार्टीभित्र कसैलाई कारबाही गरिरहँदालाई कसैलाई भने सम्मान गरिएको उदाहरण पनि छ ।

लगतै एक महिलाले लगाएको अपुष्ट आरोपको भरमा यता सभामुख कृष्णबहादुर महरालाई कारबाही हुँदा अर्का प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई भने उता पुरस्कृत गर्दै मुख्यमन्त्रीको कुर्सीमा आसन गराएको छ ।

बलात्कारको आरोप लगाएकी रोशनी शाही नाम गरेकी एक महिला कर्मचारीको अपुष्ट आरोपको भरमा आवश्यक प्रमाणसमेत नजुटाई सभामुख महरालाई पदबाट राजीनामा दिन लगाइयो । तर, त्यस्तै आरोप लागेका शेरधन राईलाई सम्मान गरिएको छ ।

राईबाट पीडित भनिएकी बालिका खड्का नामकी महिलामाथि पार्टी राजनीति र जागिरबाट समेत निकाला गरेको खड्काको आरोप छ । खड्काको निवेदनमाथि कुनै प्रवाह नगरी उल्टै उनैमाथि नै कारबाही गरि राईलाई सम्मान गरिएको छ ।

शेरधन काण्डः

तत्कालिन एमालेका नेताहरु शेरधन राई काण्डलाई निकै मेहनेत गरि नेतृत्व पंक्तीबाट थामथुम पारिएको आरोप लगाउने गर्दछन् । प्रदेश नं. १ का मुख्यमन्त्रीसमेत रहेका शेरधन राईविरुद्धमा तत्कालिन एमालेमा परेको उजुरी गुपचुपमै टुंग्याएको उनिहरुको आरोप छ । अध्यक्ष केपि शर्मा ओलीका अति विश्वास पात्र मानिने राईलाई गम्भीर आरोप लाग्दासमेत कारबाही नगरी झन् राजनीतिक रुपमा प्रोत्साहन गरिएको छ ।

शेरधन राईमाथि तत्कालिन युवासंघकी केन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयकी अधिकृतसमेत भईसकेकी बालिका खड्कामाथि यौन हिंसा गरेको आरोप छ । बालिका खड्काले तत्कालिन नेकपा एमालेको केन्द्रिय कार्यालय र प्रधानमन्त्री केपि शर्मा ओलीलाई समेत आफुँ पीडित भएको निवेदन दिएकी थिइन् । खड्काले निवेदन दिँएलगत्तै तात्कालिन प्रधानमन्त्रीको सचिवालय र युवासंघको केन्द्रिय सदस्यबाट समेत निष्कासन गरिएको थियो ।

खड्काले न्याय पाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत शितलनिवासमै गएर अनुनय गरेकी थिइन् । खड्काले पार्टीका उच्च पदस्थ व्यक्तिहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौत, विष्णु पौडेललगायतलाई समेत अनुरोध गरेकी थिइन् ।

खबर डबलीसँगको कुराकानीमा बालिका खड्काले आफुँ अन्यायको परेको कुरा पार्टी एकतापश्चात पनि पार्टीका उच्च तहका नेतालाई भेटी न्याय पाउन गुहार मागेकी बताएकी छिन् ।

महरामाथि २४ घण्टाभित्रै कारबाहीः

एक हाम्रो कुरा’ नामक अनलाईन मिडियामार्फत संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाइन् । उनले आफुँमाथि महराले पटक–पटक दुव्र्यवहारको गरेको हाम्रो खबरलाई बताइन् । जसको आधारमा धेरै सञ्चारमाध्यमले महरालाई दोषी देखाउँदै समाचार तथा टिप्पणीहरु प्रकाशन गरे ।

त्यहि समाचारकै आधारमा खुमलटार र बालुवाटारमा आकश्मिक बैठक पनि डाकियो । खुमलटार र बालुवाटारको आकश्मिक बैठकले महरामाथि कारबाही गर्ने निर्णय गर्यो । बालुवाटार र खुमलटारको वैठकपश्चात आकश्मिक रुपमा पार्टी सचिवालय वैठक डाकी महरामाथि राजीनामा गर्न लगाउने निर्देशन गरियो ।

तर अनौठो, महरामाथि पार्टीले राजीनामा गर्न निर्देशन गरेको केहि समयमा नै पीडित भनिएकी आरोपित महिलाले आफ्नो बयान फेरिन् । उनले महरामाथि लगाएको आरोप सबै निराधार भएको पनि बताइन् । उनले आफुँ डिप्रेसनको रोगी भएको र रिसको आवेगमा गलत बयान दिएको भन्दै आफ्नो पूर्वबयान पनि फिर्ता लिइन् ।

नागरिक खबरमार्फत उनले आफुँले लगाएको आरोपबारे पुष्टि गरिरहँदा सन्दर्भ भने पुरै फेरिएको थियो । महरामाथि पार्टीले कारबाहीको डण्डा चलाएको थियो भने उनी सम्मानीत सभामुख र सांसदको पदबाट समेत पदमुक्त भईसकेका थिए ।

राजनीतिक पूर्वाग्रह साँधिएको जस्तो महरा प्रकरणः

महरामाथिको २४ घण्टे कारबाहीलाई प्रति कतिपय नेकपाभित्रकै नेता राजनीतिक पूर्वाग्रह साँधिएको भनि टिप्पणी गर्छन् । नेकपाका एक नेताले महरामाथिको कारबाही पूर्वएमाले पंक्तीको खेल भएको बताए । उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीसँगको टकरावको कारण उनिमाथि कारबाही गरिएको बताए । नाम नबताउने सर्तमा उनले भने, “धेरै इश्यु थियो, जसरी नि महरालाई पन्छाउनु थियो । योजनाबद्ध रुपमा पन्छाईयो । अहिलेलाई सबै सफल पनि भए ।”

विश्वास नलाग्ने शाहीको आरोपः
कृष्णबहादुर महरामाथि पार्टीले कारबाही गरिसकेको छ । उनले सभामुख पदबाट राजीनामा पनि दिईसकेका छन् । उनीमाथि हाल पार्टी तथा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । तर, उनैविरुद्ध गम्भीर आरोप लगाएकी रोशनी शाहीको बयान भने पुरै बाजिएको छ ।

उनले मिडियासँग अनौठो अनौठो बयान दिएसँगै उनले आफ्नो समस्या पनि खोलेकी छिन् । शाहीले आफुँ डिप्रेसनको रोगी भएकोसमेत बताएकी छिन् । शाहीले मिडियामार्फत नै सार्वजनिक गरेको तथ्यलाई हेर्दा उनि लामोसमयदेखि डिप्रेसनको रोगी छिन् र उनि नियमित औषधी सेवन पनि गर्छिन् । शाहीले नै बताएअनुसार उनले औषधी नखाएको वा धेरै खाएको बेलामा के बोल्छिन् उनैलाई थाहा हुँदैन ।

शाहीले आफुँलाई मिडियाले गलत बयान दिन लगाएको पनि बताएकी छिन् । उनको फेरिएको बयानले उनिमाथि स्वास्थ्य समस्या प्रष्टै भएको र उनको आरोपमाथि पूर्ण विश्वास गर्न सकिने अवस्था छैन् ।

आरोप उस्ताउस्तै तर कोही दण्डित कोही पुरस्कृतः
केही समय अघि नेकपाका महासचिव बिष्णु पौडेले बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा गरेको समाचार आयो । अन्तत उनले किनेको भनिएको जग्गा सरकारी नै रहेको पुष्टी समेत भयो । तर उनले आफुले कोही व्यक्तिसँग किनेको भनेर प्रष्टीकरण दिएकै भरमा उनीमाथि कारवाही त परै जाओस स्पष्टीकरण र नेकपाको बैठकमा छलफलको विषय समेत बनेन ।

शेरधन राईमाथि यौन हिंसाको आरोप लगाउँदै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी बालिका खड्का न्यायका लागी नेताहरुको घरदैलोमा दौडिईरहेकी छिन । तर खड्काका अनुसार कारवाही वा स्पष्टीकरण त परै जाओस खड्कालाई नै नेताहरुको घरदेखि सिंहदरबार छिर्न समेत प्रतिवन्ध लगाइएको छ ।

राई बरु उल्टो मुख्यमन्त्री बनाइए । खड्का आजपनि न्यायका लागी भौतिरिईरहेकी छिन् । राईको विषयमा पनि नेकपाले छलफल जरुरी ठानेन ।

तात्कालिन कानुनमन्त्री तथा नेकपा नेता शेर बहादुर तामाङ्ले बोल्ने क्रममा भाषिक त्रुटी गर्दा उनको मन्त्री पद नै गयो । राजधानीमा आयोजित एक कार्यक्रममा तामाङले बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरूले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनुपर्ने बाध्यता रहेको आफूले सुनेको बताएका थिए । उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरूको असिम्तामाथि नै धावा बोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भयो । आलोचनापछि पार्टीको निर्देशनमा तामाङले पदबाट राजीनामा दिए ।

‘मि टु’ अभियानमा प्रदेश नम्बर ३ का तत्कालीन भौतिक योजना तथा विकासमन्त्री केशव स्थापित पनि जोडिए । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई दुई महिलाले केही वर्ष अघि यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । उनलाई पनि नेकपाले रजनीनामा दिन भन्यो र उनीप्रति अनुदार देखियो ।

लक्की शेर्पा कारवाहीमा पर्ने नेकपाकी अर्की पात्र हुन् । उनी अष्ट्रेलियाका लागी नेपाली राजदुत थिइन् । शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनलाई पनि नेकपाले राजीनामा दिन लगायो ।

इण्डो प्यासिफिक मुद्दा र महराकाण्डबिच छ साइनोः
सभामुख महराले सदनमा खेलेका कतिपय भूमिकामा नेपाली कांग्रेसले बारम्बार आपत्ती जनाइरहेको थियो । सरकारले बजेट पारित गर्दा होस् कि कतिपय विधेयकहरु अघि बढाउँदा होस्, कार्यसूचिका विषय तय गर्दा होस् या सदनभित्रको भूमिकामा होस्, नेपाली कांग्रेसले बारम्बार सभामुख महरा स्वतन्त्र व्यक्ति भन्दा पनि पार्टीको स्वार्थमा चल्ने गरेको आरोप लगाउँदै आएका थिए । सभामुख महराका कारण सत्तारुढ नेकपालाई जति सहजता भएको थियो, नेपाली कांग्रेस र प्रतिपक्षका अन्य दलका लागि त्यो त्यति नै प्रत्युपादक थियो । उनीहरुको शब्दमा नेकपाको पेलेरै लैजाने रणनीतिमा महरा मुख्य सहयोगी बनेका थिए ।

अर्को कुरा, यही बीचमा अमेरिकाले नेपाललाइ ५ सय मिलियन अर्थात् करिब ५० करोड डलर बराबरको र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमएमसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने गरी सहयोग गर्ने कुरा अगाडि आयो ।

यो सहयोगलाई कतिपयले अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा नेपालको समर्थन खोजेको अर्थमा समेत आलोचना गर्दै आएका थिए । यो हिसाबले अमेरिका र सरकारभित्रकै एउटा पक्षले यो सम्झौतालाई संसदबाट पारित गराउन चाहन्थ्यो । संसदबाट पारित गराउन सकेको खण्डमा यसले सन्धी या सम्झौताको हैसियत पाउन सक्थ्यो र सरकार परिवर्तन भएको अवस्थामा समेत यो सरकारकालाई बाध्यकारी बन्थ्यो ।

श्रोतका अनुसार, सभामुख महरा भने यो सहयोग सम्झौतालाई सदनमार्फत वैधानिकता दिन पक्षमा थिएनन् । उनले सरकारले के गर्छ, त्यो सरकारको विषय भएपनि सदनमा भने यो विषय प्रवेश गर्न नदिने अडान लिएका थिए । श्रोतका अनुसार, नेकपाभित्रकै कतिपय शीर्ष नेता, सरकारका केही व्यक्ति र नेपाली कांग्रेसका केही सांसदहरुले सभामुखलाई सदनबाट यो पारित गराउन ठूलै दबाब दिएका थिए । तर सभामुखले यो कुरा स्वीकार नगरेपछि उनलाई जसरी पनि हटाउने षडयन्त्र शुरु भएको थियो ।

सभामुखले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत आइतबार एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालभित्र र नेपालबाहिर पनि महराको छवि चीन समर्थक कट्टर नेताको रुपमा चिनिन्छ । भारतीय शक्ति केन्द्र र रअ लगायतका खुफिया एजेन्सीहरुले महरालाई चीनको एजेन्ट समेतको आरोप लगाउँदै आएका छन् । यो अवस्थामा महराले बिआरआईका पक्षमा आन्तरिकरुपमा भूमिका खेलेको र इण्डो प्यासिफिकमा अमेरिकी स्वार्थ र भारतका विरुद्ध सदनमा भूमिका निर्वाह गरेको बुझाई उनीहरुको भएको श्रोतको दावी छ । सेप्टेम्बर २०१७ मा चीन भ्रमणको बेला उनले बिआरआईका पक्षमा दरो अडान लिएर नेपालको नीति परिवर्तन नहुने बताएपछि चीनियाँ मिडियाले उनको उच्च प्रशंसा समेत गरेका थिए ।

श्रोतका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनसँग असहमति राख्ने भारतले समेत सभामुख महराको यो अडान रुचाएको थिएन । भारतीय राजदूतावास र अन्य शक्तिले समेत कुटनीतिक च्यानलका माध्यमबाट महरालाई दबाब दिएका थिए ।

“महरा सरलाई जसरी पनि हटाउनु पर्नेमा एउटा ठूलै शक्ति लागेको थियो ।” श्रोतले भन्यो, “यही बीचमा ती महिला र महरा सरबीचको असन्तुष्टिसँग जोडिएका विषय उनीहरुले थाहा पाए, महिलाले आवेगमा आएर मेसेज पनि गरिछन्, अनि योजनाबद्ध तरिकाले उनलाई अघि सारियो ।”

केहि समय अगाडि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँग भएको सम्झौता कार्यान्वयनका लागि महराले सहयोग गरेका थिएनन् । संसदबाट अनुमोदन हुन नसकेको ७९ अरब रुपैयाँ बराबरको सम्झौता महराले अड्काएका थिए । खबर डबलीबाट साभार गरिएको ।