Swornakshar Logo

उत्तर कोरियाद्वारा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी
प्योङयाङ
१५ साउन । उत्तर कोरियाले पूर्वी तटबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्दत गर्दै योन्हापले जनाएअनुसार होदो प्रायद्वीपबाट स्थानीय समयानुसार बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो ।

उत्तर कोरियाले पछिल्लो परिक्षणबारे कुनै जानकारी दिएको छैन । जापानका रक्षामन्त्रीले क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको र कुनै प्रकारको खतरा नरहेको बताएका छन्।

गत सातामात्रै उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र परिक्षण गरेको थियो । इस्ट सी भनिने सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दुरी पार गरेका थिए ।

दक्षिण कोरिया र अमेरिकाबीच हुने संयुक्त सैनिक अभ्यासको विरोधमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरिरहेका छन् । त्यो अभ्यास स्थगित गर्न दुवैले अस्वीकार गरेका छन्।

अभ्यासका कारण वार्ता पुनः गर्ने कुरा प्रभावित हुन सक्ने उत्तर कोरियाले चेतावनी दिएको छ।