Swornakshar Logo

प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेका हौंः प्रचण्ड

३१ असार । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेको बताएका छन् । मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिए ।

प्रचण्डले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताए।

प्रचण्डले असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको बताए ।

उनले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहो(याए।

उनलेभन हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामी भित्रको अहंकार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।’ उनले सोभियत संघ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताउनुभयो ।