Swornakshar Logo

पाँच बर्षमा देशको परिस्थितिमा परिवर्तन ल्याउनेछुः प्रधानमन्त्री ओली

१५ असार । काठमाडौ । नेपाल युवा जनसंख्या भएको देश । र, श्रम गर्न नहिचकिचाउने, श्रम गर्न रुचि राख्ने जनताको देश । श्रम गर्न रुचि राख्ने भएको हुनाले र इमानदारिताका साथ श्रममा संलग्न हुने भएकै हुनाले वैदेशिक रोजगारीमा समेत नेपालीहरु रोजगार दाताहरुको छनोटमा पर्छन । किन छनोटमा पर्छन भन्दा इमानदारीताका साथ श्रमप्रति रुचि राखेर नेपालीहरु काम गर्छन, त्यसकारण ।

फेरि पनि नेपालीहरु बेरोजगार छन् । यहाँनिर दुईओटा कुरा नमिलेका छन्, एउटा हामीले विकास गर्ने अभिलाषा राखेका छौं, विकास गर्न चाहन्छौं । एकातिर देश विकास गर्न चाहन्छौं । विकास गर्न काम गर्नु पर्छ । काम गर्न अवसर नपाएर युवाहरुको ठूलो संख्या बाहिर गएको छ । बाँकी संख्या बेरोजगार छ ।

विकास गर्ने हो भने हामीले रोजगारीका अवसर सिर्जनागर्नै पर्दछ । रोजगारीका अवसरहरुलाई आकर्षक बनाउँनै पर्दछ । यदि रोजगारी आकर्षक भएन भने आजको खुला दुनियाँमा जहाँ आकर्षण छ, जहाँ आकर्षक रोजगारी छ, त्यतापट्टि मान्छेको फ्लो जाने सम्भावना हुन्छ ।

त्यसकारण हामीले रोजगारीका अवसरहरु सिर्जना गर्ने मात्रै होइन । आकर्षक रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्दछ ।आकर्षक भित्र कामका स्थानहरुमा,कामका थलोहरुमा,कार्यक्षेत्रमा सम्मानजनक, उपयुक्त वातावरण र उपयुक्त पारिश्रमीकको व्यवस्था । सम्मानजनक काम र कमसेकम न्यूनतमा आवश्यकता पुग्ने गरिको पारिश्रमिक । त्यस दिशामा जानुपर्ने हुन्छ ।

रोजगारी भनेको जागिर मात्र होइन

कुरा रोजगारी भनेको–जागिर मात्रै होइन । रोजगारी भनेको–श्रम बेच्ने मात्रै होइन, श्रम गर्ने पनि हो । आफैले श्रम सिर्जनागर्ने, आफ्नो निम्ति आफैले श्रम सिर्जनागर्नेआफैँ उत्पादनका, आफ्नै उत्पादनका कामहरुमा लाग्ने त्यो वातावरण पनि बनाउनु पर्छ ।

अहिले हामीले जति बढी मात्रमा आधुनिकीकरण गर्न सक्छौं देशलाई, आधुनिकीकरण तर्फको यात्रालाई अगाडि बढाउन सक्छौं, जति मात्रामा औधोगिकिकरणको यात्रालाई अगाडि बढाउँन सक्छौं । त्यति बढी मात्रामा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छन् र हामी हाम्रा समस्याहरुको समाधान गर्न सक्छौं ।त्यसका निम्ति हामीले एउटा त शिक्षा क्षेत्रबाट बेरोजगार उत्पादन हुने शिक्षालाई रोजगार उत्पादन गर्ने,रोजगार दिने, सीप दिने, क्षमता दिने, अध्ययन गरिसकेपछि त्यो अध्ययन आफै समस्या नहोस् । कुनै शैक्षिक प्रमाण पत्र समस्या नहोस् ।

शैक्षिक प्रमाण पत्र समस्याको समाधान बन्न सकोस् । शैक्षिक स्तरले समस्याको समाधान दिन सकोस् । हामीकहाँ शैक्षिक स्तरले समस्याको समाधान दिदैन । आम रुपमा त्यस स्थितिले बेरोजगारीको अवस्था अन्त्य गर्दैन । बेरोजगारीको जुन चर्चा हामी गरिरहेका छौं, त्यो चर्चा शिक्षाको पद्धतीसँग, शिक्षाको अवस्थासँग पनि जोडिएको छ ।

त्यसकारण अहिले सरकारले शिक्षालाई जीवन उपयोगी शिक्षा भनेर नामाकरण गरेको छ । जीवन उपयोगी । शिक्षा प्राप्त गर्ने मान्छेले आफ्ना निम्ति जीवन सहज, सरल बनाउन सकोस् र समाजका निम्ति उसको जीवन, उसको उपस्थिति, उसको शिक्षा उपयोगी हुन सकोस् ।

आफ्ना निम्ति जीवनलाई सरल, सहज बनाउन सहयोगी हुने र घर, परिवार, छिमेकी आफ्नो समाज, आफ्नो देशको लागि उपयोगी हुने शिक्षा । शिक्षामा यता जोड दिएपछि हामीले बेरोजगारको समस्या, बेरोजगारीको समस्या त्यति झेल्नु पर्ने अवस्था बन्दैन् ।

बेरोजगारी समस्याको समाधान, कृषिको आधुनिकीकरण

हामीले हाम्रो जनसंख्या कहाँनिर अल्झिएको छ भनेर हेर्नु पर्ने छ । हाम्रो जनसंख्या लगभग दुई तिहाइको जनसंख्या कृषिमा अल्झिएको छ । कृषिमा अल्झिएको जनसंख्या यात अल्प रोजगारमा छ, पुरानो ढाँचाको कृषि र त्यसले छेउमा फेरि अरु अवसरहरु सिर्जना गर्दैन । श्रमका, कामका अन्य अवसरहरु सिर्जना गर्दैन । पुरानो ढाँचाको छ ।

आधुनिक छैन्, पुरानो छ । ठूलो स्केलमा छैन, सानो स्केलमा छ । हाम्रो जमिन ससानो टुक्राहरुमा छ । उत्पादन सानो स्केलमा छ । एउटाले अलिकति करेला उत्पादन गर्छ–खाई सक्दैन, विक्री हुदैन । अर्काले अलिकति घिरौंला उत्पादन गर्छ खाइसक्दैन्, बिक्री हुँदैन । अर्काले अलिकति अदुवा उत्पादन गर्छ, खाएपनि सक्दैन, बिक्री पनि हँुदैन ।

त्यसो भएपछि अलिकति बढी उत्पान हुदा पनि उसको बजारसम्म पुग्ने हैसियतको उसको उत्पादन हँुदैन । बजारसम्म पुग्ने उसको उत्पादनले ल्याकत राख्दैन । किन किसानहरुले समय समयमा हामी देख्छौं दुध पोखेको, हामी देख्छौं टमाटर सडकमा छरेको, हामी देख्छौं घिरौंला सडकमा छरेको, हामी देख्छौं सिमी सडकमा छरेको, अनि ट्रक आएर सडकमा कुद्दा त कुल्चिन्छ । अनि कुल्चिए पछि किसानले आँशु खसाउँछन् । मेरो यत्रो मेहनत यसरी कुल्चियो भनेर । किनभने उसले थोरै उत्पादन हुन्छ, त्यो बजार जान सक्दैन् ।

ठूलो परिमाणमा उत्पादन भए बजारमा जान सक्थ्यो । ठूलो परिमाणमा उत्पादन भए त्यसले साइड जब क्रिएट गर्दथ्यो अरु । त्यसले मलका लागि पशुपालन गर्दथ्यो होला । त्यसबाट दुग्ध उत्पादन हुन्थ्यो होला । दुग्धजन्य उत्पादनको अर्को कारोवार हुन्थ्यो होला । अरु विभिन्न खालका ठूला स्केलमा हुँदा अरु त्यहाँ प्रशोधनका कामहरु गर्दथ्यो होला । अथवा अरु त्यसका साइड जबहरु थुप्रो निस्किन्थ्ये । त्यस्तो नभएपछि साइड जब निस्किदैन ।

यसकारण कृषिको आधुनिकीकरण यदि हामीले बेरोजगारी समस्याको समाधान गर्ने हो भने, कृषिमा अल्झिएका मानिसहरु एकैपटक औधोगिक उत्पादनमा जान पनि सक्दैनन् किनभने उनीहरुसँग त्यो सीप छैन् ।त्यस व्यवसायसँग पहिचान, परिचय छैन् । त्यो व्यवसायमा उनीहरु परिचित छैनन् र त्यसमा अभ्यस्त हुन सक्दैनन् । त्यसकारण उनीहरुलाई क्रमश अभ्यस्त गर्नका लागि शिक्षाबाट, आधुनिकीकरणबाट, सीप विकासबाट, व्यवसायीक तालिमबाट,साइड जवको क्रिएशनबाट उनीहरुलाई नयाँ ढंगले, नयाँ श्रमको क्षेत्रमा स्तान्तरण गर्दै जानुपर्छ ।

सीपलाई सम्भावनासँग जोडौं
आज हामीले सोच्नु पर्ने कुरा भित्र–एउटा प्रकारको पेशाबाट अर्को प्रकारको पेशामा स्तान्तरण गर्ने । साधारणतया कृषिबाट–उद्योग, सेवा, व्यापारका क्षेत्रहरु, पर्यटनका क्षेत्रहरु यतापट्टि स्तान्तरण गर्ने । तर त्यो स्तान्तरण गर्न हामीले योजनाबद्ध कुन ठाउँमा कस्तो प्रकारको सीप, यतिकै एउटा सीपको लागि सीप तालिम केन्द्र खोल्यो तर त्यो बिक्री हुँदैन त्यसपछि त्यो काम लाग्दैन ।

अघि भर्खर हामीले केश काट्ने तालिमको कुरा सुन्यौं । यसो मास्टर्स गरेकोले केश काटेको पनि देख्यौं राम्रै लाग्यो एकछिनलाई । तर, एक ठाउँमा केश काट्ने तालिमको केन्द्र खोलिएछ । एउटा नगरपालिकाले खोल्यो, त्यहाँ थुप्रो युवाहरुले केश काट्न सिके । केश काट्न मान्छेका टाउका त चाहिए । सिके थुपै्रले टाउका छैनन् केश काट्ने । अब समस्या त त्यहाँ प¥यो । तालिम प्राप्त गरे, सीप भयो । तर, सीप काम नलाग्ने, विक्री नहुने, प्रयोगमा नआउने । महिनामा एक जनाको केश काट्न नपाएपछि अनि त्यो तालिम के काम लाग्यो रु

त्यसकारण हामीले तालिम रोजगारीका अवसरहरुसँग जोडेर कुन काम हाम्रो अगाडि छ रु कुन तालिम दिँदा खेरि त्यो व्यवहारिकमा कार्यान्वयन हुन सक्छ रु त्यस कारणएकातिर काम, एकातिर सीप सँगसँगै जोडेर कामका लागि व्यवसायीक कामसँग सम्बन्धित तालिम । सीपको विकास त्यसकामबाट । यसरी लगेर जोड्यौं भने मात्र हाम्रा तालिमहरु उपयोगी हुन सक्छन्–सम्भावनाहरुसँग जोडेर दिएको तालिम मात्रै । सम्भावनाहरुसँग जोडिएन भने त्यो सीप काम लाग्दैन् । त्यसकारण हाम्रो बजार हेरेर, श्रम हेरेर, काम हेरेर उत्पादन र श्रमको तयारी । त्यसअनुसारको योजनाबद्ध गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।

जमिन बाँझै छोड्ने, रोजगारीका लागि भौतारिने

हामीसँग युवा जनसंख्या छ । तर, जति बेरोजगारीको चर्चा छ यो मेरो विचारमा वास्तविक बेरोजगारी चाँहि होइन् । मसँग जमिन छ । मसँग मान्छे पनि छन् । तर, जमिन बाँझै छ, मान्छेले त्यहाँ काम गर्दैनन् । अनि बेरोजगारी सिर्जना भएको छ । मसँग जमिन छ । मसँग त्यो जमिनमा काम गर्ने मान्छे छ । जमिन बाँझै छ, मान्छे बेरोजगार छ । यो त आम कुरा भएको छ नि हाम्रो ।अब यसलाई आधुनिक कृषितर्फ, त्यसै कारण मैले भने आधुनिकीकरण, व्यवसायिकीकरण, औधोगिकरणतिर लानुपर्छ र क्रमश त्यो स्थानन्तरणको बाटोमा लानुपर्छ भनेको हो ।

त्यहीँ ठाउँमा अलिकति आधुनिक कृषि ग¥यो भने कृषिलाई पनि हरेक श्रमको क्षेत्रलाई, कामको क्षेत्रलाई सम्मानजनक क्षेत्रको रुपमा बुझ्ने र त्यो सम्मानजनक क्षेत्रले आम्दानी पनि दिन सकोस् । अब पुरानै ढाँचाले गर्दा कृषिले आम्दानी दिन सक्दैन्,लागत उठ्दैन । त्यसकारण मान्छेले कृषिमा काम गर्दैनन् । आकर्षक हुदैन । त्यसलाई आकर्षक बनाउनको लागि आधुनिकीकरणमा जानु पर्छ । व्यवसायिकीकरणमा जानुपर्छ र ठूलो उत्पादन, ठूलो स्केलको उत्पादनमा जानु पर्छ । बरु हामी सहकारीहरुलाई यसमा उपयोग गर्न सक्छौं । होइन भने एउटै ठाउँमा किसानहरुलाई अभिप्रेरित गर्न सक्छौंकी एकै प्रकारको उत्पादन गरुन् ।

अघि हामीले खाडीका देशहरुमा निर्यात गदै गरेको करेला सरेलाको देख्यौं हामीले । एक तिहाइ पनि हामीले पठाउन सकेका छैनौं । किन हाम्रोमा उत्पादन नहुने त होइन तर त्यो कुन उत्पादन कसरी गर्ने त्यो थाहा छैन् । त्यो उत्पादन भयो भने कसरी पठाउने थाहा छैन ।

निर्यातक, उत्पादक, उपभोक्ता यसका बीचमा समन्वयात्मक काम हुन सक्यो भने र उत्पादकहरुले कमसेकम एउटा क्षेत्रमा, एउटा इलाकामा एकै प्रकारको उत्पादन ग¥यो भने । अब चार ओटा बोट सुन्तला लगायो डोकामा बोकेर उसले विदेश पठाउँन सक्दैन् । दुई ओटा बोट आँप लगायो, उसले बजार पठाउन सक्दैन् । त्यसकारण बजार पु¥याउनेगरी । कृषि उपजनै दुनियाँलाई चाहिएको छ, हाम्रोमा अत्यन्त उर्वर जमिन छ ।

हाम्रोमा खास सिञ्चाइको प्रबन्ध पनि छैन् ।अरबका देशहरुमा जस्तो तार लगेर हरेक विरुवाको फेदफेदमा लगेर जडान गर्नु पनि पर्दैन । पानी पनि पर्छ, कुलो पनि लाग्छ । कुलो नलगाए पनि परेकै पानीले पनि फलफूललाई पुग्छ । तर हामी त्यस स्केलमा गरिरहेका छैनौँ ।

अर्को औद्योगिकरण गर्ने कुरामा, आधुनिकीकरण गर्ने कुरामा हाम्रो पर्याप्त ध्यान गएको छैन । यो मैले कृषि क्षेत्रको एउटा सेक्टरको कुरा गरे । तर अब त्यसको आधुनिकीकरण गर्ने र त्यहाँबाट त्यो निस्क्रिय रहेको अर्धरोजगार अथवा अल्परोजगार अथवा बेरोजगार जुन जनसंख्या त्यहाँ अल्झिएको छ, त्यसलाई अन्त सिफ्ट गर्नुपर्ने छ । शिक्षाबाट, तालिमबाट, सीप विकासबाट अन्त लानुपर्छ र त्यसलाई योजनाबद्ध ढंगले हामीले कुन कुन क्षेत्रमा लानुपर्छ रु त्यो गर्नुपर्छ ।

रोजगारीको सम्भावना र जनशक्तिको विष्लेषण गरौं

हामीले पहिले हाम्रो अवस्था र त्यसमा हाम्रो मानव संशाधनको स्थिति के छ रु कस्तो गर्नु पर्छ भनेर प्रक्षेपणको त्यो अध्ययन गरेर प्रक्षेपण गर्ने एउटा हामीले समिति बनायौँ । अस्तिको दिन बेलुका त्यस समितिले मलाई प्रतिवेदन बुझाएको छ ।

त्यस प्रतिवेदनले हामीलाई अब अलिक बढ्ता हाम्रा आवश्यकता कुन कुन क्षेत्रमा के हुन रु र, अरु त्यो आवश्यकता हामी कसरी कसरी पुरा गर्न सक्छौँ भन्ने त्यस प्रक्षेपणले हामीलाई अलिकति मार्गदर्शन गर्छ । र, मैले त्यो प्रक्षेपणको तयारी गर्ने, अध्ययन गर्ने त्यस टिमलाई फेरि भनेको छु कि तपाईहरुले फेरि यसलाई अझै अध्ययन गर्नुस् र थप प्रक्षेपण कुन क्षेत्रमा कति मान्छे चाहियो रु त्यो त्यसै गरी उत्पादन गर्ने ।

हामीलाई कृषि विशेषज्ञ कति चाहियो रु हामीलाई इन्जिनियर कति चाहियो रु हामीलाई म्यानेजमेन्टका दक्ष मानिसहरु कति चाहियो रु हामीलाई टुरिजममा कति चाहियो रु मेडिसिनमा कति चाहियो रु अरु विभिन्न सेक्टरहरुमा कति चाहिए रु हामीलाई टिचर कति चाहिन्छ रु कुन कुन विषयका टिचर कति चाहिन्छ रु यो अन्धाधुन्ध होइन, प्लानवेमा । हामीलाई यति चाहिन्छ, त्यस कारण कृषी विशेषज्ञ यति चाहिने भएको हुनाले यस यस ठाउँमा हामी कृषि क्याम्पसहरु खोल्छौँ र यसरी विज्ञहरु पैदा गर्छौँ ।

करिब करिब अबको दुई वर्ष देखि पाँच वर्षको अवधिमा यसलाई प्लान वे बाट हामीले यि समस्याहरुको समाधन दिन सक्छौ । जसले छोटा अवधिमा एउटा ठूलो रुपान्तरण ल्याउन सक्छ । यस प्रसंगमा आफ्नै ढंगले प्रयास गर्ने जस्तो हामीले कुनै इण्डष्ट्रियलिष्टलाई, व्यवसायीलाई यसो भनेका छैनौँ कि तपाईं यो काम गर्दिनुस्, यहाँ लगानी गर्नुस् । यति रोजगारी यसबाट सृजना हुन्छ, यहाँ बजार छ । त्यो हामीले भन्न सकेका छैनौँ । हामीले शिक्षामा लगानी गर्नेलाई यो भन्न सकेका छैनौँ कि हामीलाई यस विषयमा यति दक्ष जनशक्ति, शिक्षित जनशक्ति यस विषयमा चाहिएको छ, भन्न सकेका छैनौँ । तालिम दिने संस्थाहरुलाई यो भन्न सकेका छैनौँ कि यति मान्छे यस कामका लागि यसरी चाहियो । यो तालिम दिनुस् ।

अघि पूर्व मन्त्रीजीले भन्नु भयो, होला बाहिर गइएला भनेर भाषा पढ्छ के गर्छ भरै हुँदैन । किन त्यो प्लान वे मा होइन । मैले कलेज खोल्ने के का लागि रु भन्दा कुन ठाउँमा पसल खोल्नु र कलेज खोल्नु उस्तै छ । कुन ठाउँमा कलेज खोल्दा कति आम्दानी गर्न सकिन्छ रु योजनावद्ध छैन त्यो, आवश्यकता अनुसार होइन । लगानीको निम्तिको आवश्यकता, मेरो लगानीको प्रतिफल कति आउँछ भनेर ।

देशले मलाई भन्नु प¥र्यो, सरकारले मलाई भन्नु प¥र्यो एउटा लगानीकर्ताको हिसाबले हो भने यो ठाउँमा यो कलेज खोल्नुस् । यति यस्तो दक्षजनशक्ति, अथवा मलाई भन्नु प¥र्यो यो ठाउँमा इण्डष्ट्रि खोल्नुस् । सरकारले त्यो गर्न सकेको छैन । त्यो म स्वीकार्छु, अहिले सम्म त्यो सरकारले गर्न सक्ने अवस्थामा किन भने हाम्रो त्यस्तो सामाजिक अध्ययनै पर्याप्त भएन ।

हामी कुन अवस्थामा छौँ भन्ने अरुले गरिदिएका विश्लेषण, अरुले निकालि दिएका निष्कर्षहरुमा बढी आधारित छौँ । हाम्रो आफैं, आफ्नै डिटेल नेशनल प्रोफाईल । त्यो हरेक चिजको प्रोफाईल चाहि हामीसँग आफ्नै चाहि छैन । त्यसो भएको हुनाले त्यो प्रोफाईल तयार गर्ने र त्यसका आधारमा हामीले जानु पर्ने, अगाडि बढ्नुपर्ने र समस्याको समाधानमा पुग्नु पर्ने आवश्यकता छ । यसका कामका निम्ति हाम्रा विकासका साझेदार मित्रहरुले हामीलाई सहयोग गरिरहनुभएको छ ।

यसमा म उहाँहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । उहाँहरुले जुन हामीलाई विभिन्न कोणबाट आर्थिक सहयोग र साझेदारीको कोणबाट मात्रै होइन । अरु अनेक कोणबाट पनि सहयोग गरिरहनुभएको छ । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । तर त्यस सहयोगलाई हामीले सदुपयोग गर्न सकिराखेको छैन । त्यसलाई व्यवस्थित ढंगले प्रयोग गर्न सकिराखेको छैन । जो प्रतिफल दिने गरी उपयोगी हुन सकोस् । त्यस कारण हामीले त्यस दिशामा काम गर्न जरुरी छ ।

मलाई लाग्छ, यस गोष्ठीले यी विविध पक्षहरुमा नयाँ नयाँ क्षेत्रहरुले रोजगारीको अवसरहरु सृजना गरिराखेको छ । आधुनिकीकरणका बहुत आयामहरु, बहुत पक्षहरु छन् । त्यसले आईटी सेक्टर देखि लिएर थुप्रै सेक्टरहरु छन् । जसले नयाँ नयाँ अवसरहरु सृजना गर्छ । अर्को कुरो हाम्रो देशमा निर्यातका निम्ति हाम्रो परम्परा, हामी एउटा परम्परा भएको देश हौँ, इतिहास भएको देश हौँ, संस्कृति भएको देश हौँ र हाम्रा पुरातात्विक चिजहरु थुप्रो छन् । र, त्यो पुरातात्विकता हाम्रो इतिहास, हाम्रो परम्परा त्यससँग आधारित चिजहरु त्यो आफैमा विश्वका निम्ति एउटा आकर्षणको कुरा हो ।

मैले थुप्रै ठाउँमा भन्ने गरेको छु, त्यसको हाम्रा उत्पादनहरु र निर्यातसँग पनि सम्बन्धित छ । हामी हाम्रो कलाको निर्यात गर्न सक्दछौँ । हामी हाम्रो परम्पराको प्रतिविम्व विश्वलाई जानकारी गराउने गरीका विभिन्न वस्तुहरु उत्पादन गर्न सक्दछौँ । हाम्रो काष्ठकला, हाम्रो मुर्तिकला, हाम्रा अरु विभिन्न कलाहरु, तिनीहरु दुनियाँका लागि आश्चर्यका विषय छन् । विश्वमा सब भन्दा पुराना मन्दिर खोज्नुपर्छ भने नेपालमा आउनुपर्छ । विश्वका सबभन्दा पुराना देव प्रतिमा खोज्नुपर्छ भने यहाँ आउनुपर्छ ।

१८ सय वर्षदेखि चाँगुनारायण डाँडामा उभिएर सभ्यताहरुको उत्पत्ति, विकास अनेक हेरिरहेका छन् । पेरिस कसरी पैदा भयो रु कसरी बन्यो रु कसरी उठ्यो रु चाँगुनारायणले हेरिराखेको छ । लण्डन कसरी उदायो रु कोलम्बसले अमेरिका कसरी पत्ता लगाए रु केपटाउन हुँदै कसरी वेष्टइन्डिज तिर पुगेर झुक्किएर इन्डिया ठाने चाँगुनारायण मुस्कुराएर हेरिराखेका थिए । त्यो सानो कुरा होइन । त्यसकारण हामीसँग यो सब कुराहरु छ । जो हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो ।

हिमाली मिनरल वाटर बेच्न सक्छौं

हामी पानी पनि साच्चैको हिमाली मिनरल वाटर बेच्न सक्छौँ, पानी पनि । हिमाली हावा, हिमाली मिनरल वाटर, यार्सागुम्बा खादै हुर्किएको, चांैरीको दुध र याक बेच्न सक्छौँ, चिज बेच्न सक्छौँ । हामी यार्सागुम्बा खाएको च्याङ्गराको मासु बेच्न सक्छौँ । त्यसको प्राइस बेग्लै हुन्छ । तर, हामीले ति चिजहरु गरिराखेका छैनौँ ।

त्यसकारण यस्ता रोजगारीका अवसरहरु सृृजना गर्ने ठाउँहरु थुप्रो छन् हामीसँग । खाली कहाँ के गर्ने र कसो गर्ने भन्ने योजनाको अभाव छ र सरकार त्यसमा गम्भिर छ । त्यो गम्भिरताका साथ अगाडि बढ्न चाहन्छ ।

प्रतिपक्षलाई आग्रहस् मिलेर देश बनाउँ

हाम्रो देशको विकास, हाम्रो आवश्यकता कर्तव्य हो । आजको सरकारमा छ रु को प्रतिपक्षमा छौँ रु त्यो बेग्लै कुरा हो । तर सत्तापक्षमा भए पनि प्रतिपक्षमा भएपनि यो त आवधिक कुरा होला । निर्वाचन देखि निर्वाचन सम्मको सत्ता पक्ष र प्रतिपक्ष हुन्छन् । फेरि निर्वाचनमा अर्को कुरा हामीले जनताको अगाडि फेरि जनताको अभिमत के छ भनेर जानुपर्छ । ति हाम्रा लोकतन्त्रका प्रकृयाहरु, हामीले छानेर ल्याएका प्रकृया छदैछ । तर यो देशको विकास, यसको समृद्धि हामी सबैको आवश्यकता हो र हामी सबैको कर्तव्य पनि हो ।

त्यसकारण सरकारको तर्फबाट गर्न पर्ने कुराहरु, अपनाउनु पर्ने सबैसँगको सहयोग कसरी लिने त्यस सम्बन्धमा सरकार सजग छ । र, सरकारको तर्फबाट त्यसमा पनि प्रतिपक्षसँग मिलेर काम गर्न सरकार सदैव तत्पर, इच्छुक, उत्कट, अविलाषा राख्दछ ।

म प्रतिपक्षलाई पनि आग्रह गर्न चाहन्छु, हामी सँगै मिलेर काम गरौँ, देश साझा हो । स्वभाविक हो सरकारमा हुनेलाई सरकार राम्रै लागेको होला रु प्रतिपक्षमा हुनेलाई आफु हुनुपर्दथ्यो, यो सरकारमा यो सरकार भएको नराम्रो लागेको होला रु त्यो त हामी छलफल गरौँला । पछि जनताले फैसला गर्छ नि त केही बिग्रेन । तर, देश विकासको काममा सँगै जाउँ न । किन भोली तपाई र मेरा छोरा छोरी, नाति नातिनीहरु पढ्ने विद्यालय तिनै हुन । स्कूलको, क्यापसको, विश्वविद्यालयको पाठ्यक्रम त्यहीँ हो ।

रोजगारीका अवसरहरु पर्याप्त सृजना हुन्थ्यो भने, गरिबी निवारण हुन्थ्यो भने हिजोको व्यवस्थाले त्यो गरिदिएको भए आज हामी आधुनिक नेपालमा उभिएर आधुनिक नेपालको उचाईबाट ड्राइभ लिन सक्थ्यौँ । आज हामी किन सत्तपक्ष होस कि प्रतिपक्ष होस । हामीले त गरिबीको सामना गर्नै परेको छ ।

मेरो कार्यकाल सकिँदा देशको परिस्थितिमा परिवर्तन ल्याउनेछु

अब हामीले भावि सन्ततीलाई यहीँ गरिबीको सामना गर्ने परिस्थिति हस्तान्तरण गर्ने होइन, गर्न हुँदैन । हामीले परिस्थितिमा परिवर्तन ल्याउनु पर्छ । गरिबी हस्तारण गर्ने होइन, बेरोगजारी हस्तान्तरण गर्ने होइन । त्यस कारण म भन्न चाहन्छु, म मेरो कार्यकाल टुङ्गिदा यस स्थितिमा अधिकतम सकारात्मक परिवर्तन ल्याउछु, मैले सरकार छोड्दा परिस्थितिमा परिवर्तन ल्याएर गरेर देखाउने मेरो उद्देश्य छ ।

त्यो मेरा लागि होइन, त्यो देशका लागि हो । मैले राम्रो काम गरे भने मेरो राम्रो कामको नाम नलिए हुन्छ, चर्चा नगरे हुन्छ । कहीं कसैले लेख्यो भने च्यातेर फ्याकिदिए हुन्छ डस्बिनमा । तर काम त हुनु प¥र्यो । म परिवर्तन चाँहि ल्याएर छोड्ने संकल्पमा छु । त्यो संकल्पका लागि हामी सबै मिलेर काम गरौँ । मेरो आग्रह अनुरोध छ, हाम्रो निम्ति हो, हाम्रा सन्तानका निम्ति हो । कमसेकम हाम्रा छोरा छोरी, नाती नातिनीहरुलाई माया गरौँ । सुन्दर सुरक्षित धर्ती, समृद्ध नेपाल सुखी नेपाली यही बनाउँ ।

यस गोष्ठीले यस दिशामा काम गर्ने विषय लिएको छ । त्यस कारण योगदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । मलाई बोलाउनुभयो, साथीहरुका बीचमा मैले केही कुराहरु राख्ने मौका पाए म आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छु, यो भन्दा बढी सबै विषय मैले नै ओगटेर धेरै समय खर्च गर्नु छैन । तपाईंहरुले छलफल गर्न बाकीँ छ । त्यसकारण म यहाँहरुको छलफल फलदायी ढंगले अगाडि बढ्ने छ भन्ने अपेक्षाका साथ आफ्नो भनाई टुङ्गयाउँछु । सबैको भलोहोस्, धन्यवाद ।

( १५ असार, २०७६ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिुनभएको मन्तव्यको पूर्णपाठ )