Swornakshar Logo

सरकारी बर्बरताकाविरुद्ध नेपाल बन्द गरको भन्दै विप्लवद्धारा विज्ञप्ती जारी

बन्द सफल पार्ने सबैलाई महासचिव विप्लवद्वारा धन्यवाद (विज्ञप्तिसहित)

१० असार । काठमाडौँ । आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई हत्या गरेको विरोध स्वरूप नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको थियो । जसका कारण देश पूर्ण रूपमा ठप्प भएको थियो । बन्दका कारण देशका सानाठूला सहर ठप्प भएका छन् भने लामोे तथा छोटो दूरीका यातायात, उद्योग, कारखाना र शिक्षण संस्थाहरू बन्द भएका छन् ।

बन्दको दिन बन्दकर्ताहरूले देशका दर्जनौँ ठाउँमा बम विस्फोट गराएका छन् । ठाउँठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगो लगाइएका घटना पनि सार्वजनिक भएका छन् । काठमाडौँ, नुवाकोट, चितवन, नवलपरासी, रूपन्देही, दाङ, रुकुम, रोल्पा, सुर्खेत, कैलाली, पोखरा, विराटनगर, झापा, धनकुटालगायत ठाउँमा बम फेला परेका छन् । यस्तै ठाउँठाउँमा बन्द अवज्ञा गर्ने सवारी साधनमाथि आगो लगाइएको छ । अछाममा २ वटा वडा कार्यालयमा आगो लगाइएको छ । देशभरीबाट बन्द गदै हिडेका विप्लवका केहि नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेका छन् ।
नेपाल बन्दको दिन बेलुका प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले बन्द सफल बनाउने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् ।
साथै विप्लवले आफ्नो पार्टीप्रति जनलहर बढिरहेका कारण अत्तालिएको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको बताएका छन् । साथै वली सरकारले राष्ट्रघात र जनघातमा यस अघिका सरकारलाई पनि उछिनेको छ भन्दै विप्लवले आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्ति, जनता र आम पार्टी पङ्क्तिलाई धन्यवाद दिएका छन् ।
यो भन्दा पहिला नै उनले हत्या गरिएका कुमार पौडेललाई सहिद घोषणा गरेका थिए । साथै क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता व्यक्त गर्दै र सक्रिय रक्षामा रहँदै वली सरकारको षड्यन्त्रविरुद्ध सशक्त प्रतिरोध गर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेका थिए । विज्ञप्तिको पूर्णपाठ‘