Swornakshar Logo

सम्भावित तेस्रो विश्व युद्ध एसियामा गराउने तयारी

जेठ २१। नारायणमान विजुक्छेंले विदेशी परिस्थितिबारे जानकारी दिंदै अमेरिकी साम्राज्यवाद र पश्चिमा राष्ट्रहरूले एसियाली देशहरूलाई एक–आपसमा भिडाउने र सम्भावित तेस्रो विश्व युद्ध एसियामा गराउने तयारीमा लागेको बताउनु भएको छ । कार्यक्रममा अध्यक्ष रोहितले हिन्द–प्रशान्त सैन्य सङ्गठनमा नेपाललाई तान्न खोज्नु र त्यसको मुख्यालय काठमाडौँमा राख्ने अमेरिकी प्रस्ताव छिमेकी मित्रराष्ट्र चीन विरूद्ध नेपाललाई उभ्याउने उद्धश्य भएको बताउनुभयो ।

अमेरिका र भारतले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास–बिम्स्टेकलाई बिस्तारै सैनिक सङ्गठनको रूपमा अगाडि बढाएको औँल्याउँदै उहाँले नेपाल बिम्स्टेकको सदस्य भएको तर सैनिक सन्धि र सङ्गठनमा नभएको भनाइ आफैमा अस्पष्ट र अन्यौलपूर्ण भएको स्पष्ट गर्नुभयो ।