Swornakshar Logo

अहिलेको शासन ब्यवस्था साहुहरुले चलाइरहेका छन्ःस्वनाम साथी


१९ जेठ, काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता स्वनाम साथीले वर्तमान दुइतिहाइको कम्युनिष्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताएका छन् । आइतबार राजधानीस्थित संवाद डबलीमा रुपलाल विश्वकर्माको स्मृति सभामा बोल्दै उनले गैर कम्युनिष्ट तरिकाले सरकार बढ्दै गयो भने छिटै जनता आन्दोलित हुने उनको भनाइ छ ।
उनले वर्तमान सरकार कम्युनिष्टको भएकोले स्वभावैले जनातो बढी अपेक्षा भए पनि यो सरकारले केहि गर्न नसकेको बताउँदै भने, “प्रचण्ड–ओलीजी तपाईहरु कम्युनिष्टका नाममा जे गर्नुस तर जनतालाई कम्तिमा भोकभोकै मर्नु पर्नेअबस्थाबाट माथि उठाउनुस् ।”
उनले अगाडी भने,“विश्व अर्थतन्त्रको ५० प्रतिशत ठूला साहु, २५ प्रतिशत साना साहू र बाँकी २५ प्रतिशत आम मानिसको हातमा रहेको छ यस्तो दर्दनाक अवस्थामा नेपालमा पनि ठिक त्यही देखियो ।”
रुपलाल विश्वकर्माका सहकर्मी रहेका स्वनामले आदिवासी जनजातिका नाममा आन्दोलन गर्ने, उनिहरुलाई नै भर्याङ बनाएर सत्तामा पुगेर जनविरोधी बन्ने नेपाली कम्युनिष्ट चरित्रप्रति आक्रोस व्यक्त गरे । दलितहरुको नाममा हुने आन्दोलनमा धेरै बलिदानी हुने उपलब्धि भने सून्य हुनाले आफुलाई दलित नभन्न पनि उनले आग्रह गर्दै भने, “आजको समयदेखि दलित हो नभन्नु होला, यो ब्यवस्थालाई दुतकारेर लड्न जाने फेरि यो या त्यो बाहानामा यहि ब्यवस्थाको आशा गर्नु गलत हुन्छ ।”
स्वनामले कम्युनिष्ट र कम्युनिष्ट हुनुमा धेरै फरक विषय भएको बताउँदै, नेपालमा विभिन्न किसिमका कम्युनिष्ट हिन्दु, क्रिश्चियन, क्रान्तिकारी, भ्रान्तिकारी लगायतका कम्युनिष्ट हुनु नेपालको लागि दुर्भाग्य भएको उनको भनाई छ । उनका अनुसार नेपाली कम्युनिष्ट आन्दोलन तथा दलित आन्दोलनमा रुपलाल जतिको अब्बल नेता कोही नभएको बताए । उनले विप्लवको नाम नतोकी वर्तमान सरकार कम्युनिष्टको भए कसैलाई दमन गर्नु भन्दा कम्युनिष्टलाई मिलाउन सक्नु पर्नेमा जोड दिएका छन् ।

रुपलालकी धर्म पत्नि रोमा विश्वकर्माले कम्युनिष्टहरुले रुपलालको विचारहरुलाई बाहीर आउन रोकेको तर आज उनको विचारमाथि बहस भएकोमा खुसि व्यक्त गरिन् ।
प्रा।डा।सुरेन्द्र केसीले नेपाली कम्युनिष्ट आन्दोनमा भयङ्कर ठूलो ठगि भएको भन्दै, यो सरकार जनताको भन्दा दलाल र लुटेराहारुको भएको आरोप लगाए ।
केसीले नेपालीहरुको हिजो भन्दा आज झन दर्दनाक आवस्था भएको भन्दै अगाडी भने,“७२ लाख नेपाली कामका निम्ति विदेशमा भौतारिएका छन्, संसारमा सबैभन्दा गरिब कंगोमा नेपाली चेलिहरु नाच्नु पर्ने कस्तो हो यो कम्युनिष्ट सरकार ।”
आफुले शासकहरुका गलत गतिविधीहरुको निर्मम आलोचना गर्ने भएकाले राम्रो नमान्ने मुख्य कारण भएको बताउँदै, हाँस्दै भने “मेरो नाम गिनिज बुक अफ द वर्लड रेकडमा दर्ज गर्नु पर्र्छ भन्नेहरु पनि आएका छन्, म बोल्छु किन कि भोलिका सन्ततिको लागि किनकी मलाई देश बाहेक केहि स्वार्थ छैन ।”
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेशक पुरुषोत्तम दाहालले बाबुरामले सांम्यवादी विचारधारा बेकार रहेछ भने तर रुपलाल विश्वकर्माले मार्कसवादलाई परिमार्जीत गरेर समाज रुपान्तरणमा लाग्नु पर्ने सहि विषय उठाएको विचार व्यक्त गरे ।
‘नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा’पुस्तकका लेखक डा।राजेन्द्र रेग्मिले आफूले किताब लेखे पनि उहाँका साथिहरु नै यसका वास्तविक पुस्तक रहेको उनको ठहर छ । कतिपयले रुपलालको विचारलाई बाहिर ल्याएकोमा धन्यवाद दिए भन, कतिपयले रुपलालप्रतिको आफ्नो विश्लेषणको कारण आलोचना पनि खेपेको धारणा राखे ।
लेखक रेग्मि अगाडी भन्छन्,“विपरितबीचको समरुपता भन्ने रुपलाल जस्तै त्यही समुहका निर्मललामाले शसस्त्र संघर्सबाट परिवर्तन हुन सक्दैन भनेर उहाँ चुप लाग्नु भयो तर रुपलालले त्यसको विकल्पमा नयाँ विचारको विकासमा लाग्नुले पनि उहाँकोे अब्बलता प्रष्टिएको छ ।”
पुस्तकमाथि समिक्षा गर्दै समिक्षक सहदेब लकान्द्रेले लुकेर रहेको विचार बाहिर आउनु मुख्य कुरा भएको धारणा राखे । लकान्दे्रले कम्युनिष्ट आन्दोलन किन व्यक्तिपीच्छै किन फरक–फरक हुनु र एकले अर्काको सत्तोसराप गर्ने, अर्कोलाई नस्विकार्ने प्रवृत्तिको सिकार रुपलाल भएको पनि उनको ठहर छ ।
रुपलालका सहकर्मी गोपिनाथ विश्वकर्माले रुपलाल एक अथक वास्तवीक कम्युनिष्ट व्यक्तित्व रहेको धारणा राखे ।
अर्का वक्ता ध्रुब ढकालले नेपालमा एउटा धार विप्लवले र अर्को धार प्रचण्ड–केपिले नेतृत्व गरेको र ती दुबै धारको समिक्षा गरि गल्ति, कमि, कम्जोरीलाई केलाउँदै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले यी दुबै पक्षले वास्तवीकतालई नबुझे भारतमा जस्तै खस्किन सक्ने चिन्ता व्यक्त गरे ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा रुपलाल विश्वकर्मा प्रतिस्ठानका अध्यक्ष अमर विस्वकर्माले नेपालमा भइरहेको कम्युनिष्ट आन्दोलन पनि विश्वको हिस्सा भएकोले यहाँका कम्युनिष्टहरु पनि त्यही उचाईबाट उठ्ने र जुट्ने प्रयास गर्नु पर्ने उनको धारणा छ । अध्यक्ष विस्वकर्माले अहिलेको दुइतिहाई सरकारले सबैलाई मिलाएर लग्नु पर्नेमा झन कम्युनिष्टहरुमाथि नै खनिनु देश जनताको दुर्भाग्य भएको बताए ।