जनगायक ढकालको एकल सांगीतिक कार्यक्रम हुने

१७ जेठ । काठमाडौं । जनवादी गायक पदमराज ढकालको शनिवार १८ गते एकल सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
पोखरामा तीन पटकसम्म एकल सांगीतिक कार्यक्रम गरेका गायक ढकालले शनिबार काठमाडौंको नाचघरमा एकल सांगीतिक कार्यक्रम गर्ने भएका हुन् ।
काठमाडौंमा उनको यो पहिलो एकल सांगीतिक कार्यक्रम हो । ‘साहित्य, संगीत तथा कलाको उत्थान र स्रष्टाको सम्मान’ भन्ने नाराका साथ उनले सो कार्यक्रम गर्न लागेको बताए ।
कार्यक्रममा कौडा गीत नृत्यका साथै अन्य सांस्कृतिक कार्यक्रम हुनेछ ।
‘राजनीति परिवर्तन र सामाजिक जागरणका लागि जनताका बीचमा पु¥याउने माध्यम सांस्कृतिक अभियान हो’, उनले भने, ‘गीतमा जनताका भावना र समाजिक विषय वस्तु समेटिने गरेको छ ।’
उनले पोखरा र आसपासका क्षेत्रमा हुने महोत्सवहरुमा समेत गाउँदै आएका छन् । उनी दर्शकलाई अहिले पनि जनताका गीतले मनोरञ्जन र प्रेरणा दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: