नेकपाको मनाङ जिल्ला कमिटीले लिए शपथ
१० जेठ । काठमाडौं । नेकपाको गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्ला कमिटीले शपथ लिएको छ । बुधबार गण्डकी प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले शपथ खुवाएका थिए ।
मनाङमा नेकपाको संगठन राम्रो छ । शपथ खाएपछि पार्टीको काम तीव्र गतिमा बढ्ने मनाङ जिल्ला सचिवालय सदस्य शान्तामाया परियारले बताइन् । परियारले भनिन्, ‘एकता पछि जिल्लाका काम त्यति तीव्र रूपमा हुन सकेको थिएन । अब जिल्ला कमिटीले बनेको छ, पार्टी र संगठनको काम अब तीव्र गतिमा हुन्छ ।’
मनाङमा नेकपाको जिल्ला कमिटी अहिले ६१ सदस्यीय छ । तत्कालीन एमालेको भागमा अध्यक्ष र तत्कालीन माओवादी (केन्द्र)को भागमा सचिव परेको छ । १७ सदस्यीय सचिवालय पनि बनाएको परियारले बताइन् ।
दुई पार्टीबीच एकता भएपछि केन्द्र र प्रदेश कमिटी बने पनि जिल्ला कमिटी बन्न सकेका थिएनन् । तर, ९ वैशाखमा नेकपाले जिल्लाको नेतृत्व टुंग्याएको थियो । त्यसपछि अहिले हरेक जिल्लामा शपथ ग्रहणको कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्: