कंगोमा डुंगा दुर्घटना, १ सय ५० जना वेपत्ता

वैशाख ४। अफ्रिकी देश कंगोमा डुंगा दुर्घटना हुँदा १ सय ५० जना वेपत्ता भएका छन्।कंगो लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति फेलिक्स सिकेडीले संयौं वेपत्ता भएको पुष्टि गरेका हुन्।
किभु तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा डुबेको थियो। गत सोमबार नै डुंगा डुबेपनि बुधबारमात्र यस घटना सार्वजनिक भएको हो। ३७ जनाको भने सोमबार नै उद्धार गरिएको बताइएको छ।
वेपत्ता सबैको मृत्यु भएको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार यात्रुहरुले लाइफ ज्याकेट लगाएका थिएनन्।राष्ट्रपति सिटकेडीले यस दुर्घटनाले ज्यादै दखित बनाएको प्रतिक्रिया जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्: