Swornakshar Logo

साउदीमा १५ हजार नेपाली बेरोजगार

४ बैशाख । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ।कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो।