Swornakshar Logo

इजरायलको ठूलो असफलता चन्द्रमामा ल्याण्ड हुँनै लागेको अन्तरिक्षयान १० किलोमिटरमाथि नै ध्वस्त

इजरायलको प्रभाइभेट सेक्टरको लगानीमा पहिलो पटक तयारी पारिरेएको अन्तरिक्षयान चन्द्र धरातलमा छुन नपाउदै टुक्रा टुक्रा भएको छ । इजरायलले चन्द्रमामा ल्याण्ड गर्ने उद्देश्यले पठाएको बेरेसीट नामक अन्तरिक्षयानले पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क गर्न असक्षम भए लगत्तै सो यान चन्द्रमाको आकासमा दुर्घटनाग्रस्त भएको हो ।इजरायलको प्रभाइट मिशन बिहीबार राति असफल भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । चन्द्रमाको कक्षामा पुगेपछि यानले मुख्य इन्जन कामबाट गुमाएको थियो । त्यसलगत्तै उस्ले पृथ्वीमा रहेको सम्बन्धीत कार्यकक्षमा सम्पर्क बनाउँन सकेन र केही बेरमा दुर्घटनाग्रस्त भएर चन्द्रमा सतहमा टुक्रा भएर खस्यो ।

चन्द्र सतह भन्दा १० किलोमिटरको भन्दा कम दुरीमा पुगेर क्रन्ट्रोल रुमसँग सम्पर्क गुमाउनु इजरायली स्पेस एजेन्सीका लागि एक घच लाग्दो घटना हो । त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू , इजरायली विलिनियर उद्योगी मोरिस खान एवं अमेरिकाका लागि इजरायली राजदुतले यो असफलता नभएका र आफ्नो देशको लागि एक ठुलो प्राप्ती भएको बताएका छन् । हामी छिट्टै चन्द्रमामा पुग्ने तेस्रो शक्क्ति हुनेछौं उनीहरुले सकारात्क सन्देश दिएका छन् ।

खानले भनेका छन्, हामीले प्रयास गर्यौँ प्रयास गर्नु ठुलो कुरा हो र अब शान्तिपूर्वक चन्द्रमामा ल्याण्ड गर्ने छौँ । इजरायली एरोस्पेस इन्डस्ट्रीज अन्तरिक्ष विभागका महाप्रबन्धक ओफर डोरोनले भनेका छन् हामी चन्द्रमामा पुग्यौं तर एक टुक्रामा हैन, टुक्रा टुक्रामा ।यसअघि सफल रुपमा अमेरिका, रसिया र चीनका यान चन्द्रमामा पुगेका छन् । चौँथो हुने अवस्थामा रहेको इजरायलको मिशन असफल हुन पुग्यो । यो घटना लगभग सबै इजरायलका नागरिकहरुले हेरेका थिए । घटना टीभिमा लाइव दिइएको थियो ।