Swornakshar Logo

नेकपा विप्लव नेतृत्वका भेरी कर्णाली अध्यक्ष पक्राउ

११ चैत । काठमाडौं । नेकपा विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । भेरी कर्णाली बुद्धीजिवी संगठनका अध्यक्ष धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री केपी ओलीले चैतभित्रै विप्लव समूह सकिने बताए लगत्तै प्रहरीले विप्लव नेतृत्वको नेकपा विरुद्धको कारवाहीलाई तिव्र पारेको छ ।

प्रतिवन्धित नेकपाका कालिकोट जिल्ला जनसरकार प्रमुख समेत रहेका शाहीलाई बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, आइडी माइन १ थान, बारुद एक किलो, डिटोनेटिङ कर्ड तीन मिटरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ । प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन् । ‘उनले प्रहरीमा नेपालको संविधान मान्छु भनी आत्मसमर्पण गरेका छन्’ । आजैमात्र प्रहरीले विप्लव समूहका कोशी व्यूरो इन्चार्ज पुष्कर श्रेष्ठलाई पक्राउ गरेको थियो ।