Swornakshar Logo

चीनको रसायन कारखानामा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो

चीनको एक रसायन कारखानामा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । चीनको पूर्वी जियाङसु प्रान्तमा रहेको कारखानामा बिहीबार दिउँसो शक्तिशाली विस्फोट भएको थियो । बिस्फोट भएको २ दिन पछि एक ब्यक्तिको जिवितै उद्धार गरिएको छ भने अझै कयौँ बेपत्ता रहेको चीनीयाँ सन्चार माध्यमहरुले जनाएका छन् ।

बिस्फोटमा परेर बेपत्ता भएका हरुको खोज तथा उद्धार कार्य जारी राखिएको जनाईको छ । औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । घाईते मध्ये २१ जनाको स्थिति चिन्ताजनक रहेको अस्पतालबाट जारी विज्ञप्तिमा जनाइएको छ । चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटनामध्ये यो पनि एक भीषण दुर्घटना रहेको बताइएको छ ।

आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २।२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ ।