Swornakshar Logo

मलाई मार्ने षडयन्त्र गरिदैंछः प्रचण्ड

२९ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोसँगै सहकार्य गरेका व्यक्तिहरुले नै आफूलाई मार्ने षडयन्त्र गरिरहेको आरोप लगाएकाछन् ।

आफ्नै सचिवालयमा रहेर काम गरेकाहरुले मार्नका लागि माइन्यूट नै गरेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको भरपर्दो सूचना पाएको समेत दाबि गरे । कसले त्यस्तो निर्णय गरेको भन्नेबारेमा नखुलाएपनि उनले नेत्रबिक्रम चन्द लगायतलाई लक्षित गर्दै आफूलाई मार्ने षडयन्त्र गरिरहेको दाबि गरेका हुन् ।

विप्लव समुहलाई उनले आफुनो जस्तो नक्कल गरेर प्रचण्ड नहुने सुझाव समेत दिए । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे विप्लवलाई क्रान्ति नै गर्ने भए मौलिकता सृजना गर्न सुझाव दिए ।

अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ अनि परिस्थिति हेर्नु पर्दैन भनेर प्रश्न गर्ने समेत गरे । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो’, उनले भने, ‘सजिलो छैन प्रचण्ड बन्न पनि ।’ प्रचण्डले भने ‘कसैले चाहेर पनि भैहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइन, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए । अब त्यहि समयमै प्रचण्ड बनिदैन ।’

प्रचण्डले विप्वललाई नयाँ बाटो खोज्नन पनि सुझाव दिए । ‘प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने त्यो भ्रम हो, त्यो भ्रमले कहि पनि पुगिदैन, यसको परिणाम दुर्भाग्य हुन्छ’ उनले भने ‘मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु ।’

शहीदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, ‘एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ। आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।