Swornakshar Logo

देउवाले भेटे निर्मलाकी आमा र दिदीलाई

१७ फागुन । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् ।


आज शुक्रबार बिहान देउवाले सामाजिक संचाल फेसबुकमा आफुले निर्मला पन्तको परिवार भेटेको कुरा लेखेर फोटो हालेका छन् ।
उनलेलेखेका छन् ‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’
कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका छन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने बताए ।
उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी कटिबद्ध भएर लागिपर्ने बताए ।