Swornakshar Logo

प्रधानमन्त्री ओली र बेलायती साहायक रक्षा मन्त्रीबीच भेटवार्ता

१० फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा साहायक मन्त्री मार्क ल्यांकास्टरबीच आज शुक्रबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारको भेटवार्तामा ब्रिटिस गोर्खाहरुको बिषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । “ ब्रिटिस गोर्खाहरुको बिषयमा वहाँहरुले जुन एउटा टेक्निकल कमिटी बनाएर रिर्पोट तयार गर्नुभएको छ । त्यसको बारेमा वहाँहरुले प्रधानमन्त्रीलाई जानकारी गराए ” सल्लाहकार डा.भट्टराईले भने“टेक्नीकल कमिटीले कसरी काम ग¥यो । अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं । ति प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं । यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं भन्ने उनीहरुको भनार्इ थियो । ”
प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलन बारे पनि ल्यांकास्टरलाई जानकारी गराउनु भएको छ । उनीहरु बीच ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको डा.भट्टराईले बताए।
आजै प्रधानमन्त्री ओली र अष्टी«याका विदेश मन्त्री केरिन क्नाइसल बीच पनि शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका बिषयमा कुराकानी भएको डा. भट्टराईले जाबताए । “अष्ट्रियाको भूगोल र नेपालको भूगोल उस्तै भएकोले त्यहाँ प्रयोग गरिएको प्रविधि हामीकहाँ पनि उपयुक्त हुन्छ ” भट्टराईले भने“खासगरी विद्युत र केवुलकार निर्माणका बिषयमा वहाँहरु बीच छलफल भएको छ ।”