Swornakshar Logo

पहिलो प्रधानमन्त्रीकाल झिलिमिलीमा बित्योःप्रचण्ड

२९ माघ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु पहिलो पटक सरकारमा गएका बेला कुनै चमत्कार गर्न नसकेको बताएका छन् । मङ्गलबार राजधानीमा सरल सहयात्रीद्वारा लिखित शिखरको ढुङ्गा नामक पुस्तक सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पहिलो चोटी सरकारमा गएर काम गर्न खोज्दा खोज्दै पनि मैले कुनै चमत्कार गर्न सकिन, गर्ने कुरा पनि थिएन ।
उनले आफ्नो पहिलो पटकको नौ महिने प्रधानमन्त्री बन्दाको कार्यकाल झिलिमिलिमै वितेको पनि बताए । उनले भने, ‘मैले भन्ने गरेको छु मेरो पहिलोपटकको प्रधानमन्त्रीको काल झिलिमिलीमै गयो । झिलिमिली हुँदाहुदै नौ महिना वित्यो छोडेर हिँड्नुपर्यो ।’
पहिलो पटक सरकारको नेतृत्व गर्दा आफू अलमल परिरहखै नौ महिना बितेको भन्दै उनले दोस्रो कार्यकाल परिवर्तन संस्थागत गर्दा गर्दै वितेको प्रसङ्ग सुनाए । ‘मेरो पहिलो कार्यकाल अलमल गर्दागर्दै वित्यो, दोस्रो कार्यकाल परिवर्तनलाई संस्थागत गर्न र केहि राम्रा काम गर्नमा बितेको बताए ।
उनले मुलुकको समृद्धि र आर्थिक विकासका लागि तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेको समेत बताए । पार्टी एकिकरणको घटनालाई नयाँ क्रान्तिको रुपमा परिभाषित गर्दै उनले भने ‘अबको युग मुलुकलाई समृद्ध पार्ने युग हो त्यसका लागि पार्टी एकिकरण गर्ने निर्णय गरिएको हो, यसलाई म नयाँ क्रान्तिकै रुपमा लिन चाहान्छु ।’
उनले मुलुकमा भएको जनयुद्वको घटना ऐतिहासिक भएको भन्दै यसमा विभेदमा पारिएका समुदायका उत्कृष्ट मानिसहरु सहभागि भएको बताए । अल्ट्रा धावक मिरा राई लगायत अरु थुप्रै जनसेनाहरुले शान्ति प्रक्रियामा आएपछि आफुलाई अब्बल सावित गरिसकेको उनको दाबी थियो । उनले भने ‘जनयुद्धमा सक्षम र क्षमतावान मानिसहरु लागेका थिए भनेर धेरै पटक प्रमाणित भइसकेको छ ।