Swornakshar Logo

एक किशोरीको डायरी

एन फ्र्यांक

१२ माघ । काठमाडौं ।
प्यारी किट्टी १

“विरोधाभासको पोको ।”

अघिल्लो पत्र मैले यही कुरामा टुङ्ग्याएकी थिएँ । यो पत्र यही कुराबाट शुरू गर्छु । ‘विरोधाभासको पोको’ भनेको ठ्याक्कै के हो, बताउन सक्छौ रु विरोधाभासको अर्थ के हो रु अरू थुप्रै शब्दझैं यसको अर्थ पनि दुई खालको हुन सक्छ— बाहिरी विरोधाभास र भित्री विरोधाभास ।

पहिलोको अर्थ सीधा छ— सजिलै हार नमान्ने, सर्वज्ञाता बन्न खोज्ने, आफ्नो कुरा माथिबाट पार्न खोज्ने । संक्षेपमा— मेरा नराम्रा गुणजति, जसका लागि म बदनाम छु, यसभित्र पर्छन् । दोस्रो अर्थचाहिँ कसैलाई थाहा छैन । त्यो मेरो रहस्य हो ।

तिमीलाई बताइसकेकी छु, मेरो दोहोरो व्यक्तित्व छ । त्यसको एक भागमा मेरो निर्दोष उत्साह, मेरो जोश र ठट्टा गर्ने र हरेक कुरालाई हलुका रूपमा लिने मेरो बानी पर्छन् । जिस्क्याउँदा मस्किने स्वभाव, एक चुम्बन, एक अँगालो, एक फोहोरी मजाकजस्ता कुरा यसमा पर्छन् । मेरो यो पक्ष प्रायः अर्को असल, शुद्ध र गहन पक्षलाई हुत्याउने मौका ढुकेर बसिरहेको हुन्छ । एनको राम्रो पक्षबारे कसैलाई थाहा छैन । त्यसकारण धेरैजसो मान्छे मलाई सहन सक्दैनन् । यो कुरा तिमीले बुझनैपर्छ ।

म एकदिनका लागि विदूषक बनेकी हुन्छु तर त्यसपछि एक महिनासम्मका लागि मानिसहरू मसँग अघाइसक्छन् । वास्तवमा यो कुरा गम्भीर विचारकलाई प्रेमकथामा आधारित सिनेमा देखाएजस्तै हो । यो उनीहरूका लागि एक विषयान्तरमात्र हो, जसले एकपटक मनोरञ्जन दिन्छ, जसलाई उनीहरूले चाँडै बिर्सिनेछन् । यो उस्तो नराम्रो कुरो त होइन तर राम्रोचाहिँ अवश्य होइन ।

यो कुरा तिमीलाई बताउन मलाई अप्ठ्यारो लागिरहेको छ । मेरो हलुका सतही पक्ष गहन पक्षको तुलनामा निकै अगाडि छ । त्यसैले सधैं जित हलुका पक्षकै हुन्छ । मैले यो एनलाई धकेलेर हटाउन, उसलाई थला पार्न र लुकाउन कति धेरै प्रयत्न गरेकी छु, तिमी अनुमान पनि गर्न सक्दिनौ, किनभने ऊ त एनको आधा हिस्सामात्रै हो । यो तरिकाले काम गरेन । किन गरेन, त्यो पनि मलाई थाहा छ ।

मलाई सधैं सामान्य रूपमा चिन्ने मान्छेहरूले कुनै दिन मेरो अर्को पक्ष, गहन र असल पक्ष पनि छ भन्ने कुरा पत्ता लगाउलान् कि भनेर म त्रस्त हुन्छु । उनीहरूले मलाई हाँसोमा उडाउलान् वा मलाई हास्यास्पद र भावुक ठान्लान् अनि गम्भीरतापूर्वक नलेलान् भनेर म डराउँछु । आफूलाई गम्भीरतापूर्वक नलिइने कुराको बानी पारिसकेकी छु तर ‘लापरबाह’ एनलाई मात्रै यसको बानी परेको छ र यसलाई सहन सक्छे । ‘गहन’ एन यसलाई पचाउन सक्दिन । कहिलेकाहीँ १५ मिनेटका लागि भए पनि मैले असल एनलाई बाहिर निस्किन बाध्य पारें भने बोल्ने पालो आउनेबित्तिकै ऊ आफूभित्रै खुम्चिन्छे अनि एक नम्बरकी एनलाई सारा कुरा सुम्पिन्छे । त्यसपछि मैले महसूस गर्नै नपाई ऊ गायब भइसक्छे ।

त्यसैले अरूको माझमा हुँदा असल एन कहिल्यै देखापर्दिन । अहिलेसम्म एकपटक पनि देखापरेकी छैन । एक्लो हुनेबित्तिकै ऊ सधैं प्रभावशाली बन्ने गर्छे । म कस्तो बन्न चाहन्छु र म भित्री रूपमा कस्ती छु भन्ने कुरा मलाई ठ्याक्कै थाहा छ । भित्री रूपमा म प्रशन्न प्रकृतिकी छु । अरू मलाई बाहिरी रूपमा प्रशन्न हुने व्यक्तिका रूपमा लिन्छन् । भित्री रूपमा म शुद्ध एनबाट निर्देशित छु तर बाहिर म दाम्लो चुँडाउन सफल सानो चकचके बाख्रोभन्दा अरू केही होइन ।

म जे बोल्छु, ती मेरा वास्तविक भावना होइनन् । त्यसैले मैले केटाको पछि लाग्ने केटी, जिस्किन माहिर, सर्वज्ञाता, प्रेमकहानी पढ्ने व्यक्तिको प्रसिद्धि पाएँ । लापरबाह एन यी कुराहरूलाई हाँसोमा उडाउँछे, छिचरो जवाफ फर्काउँछे र बेवास्तामा कुम उचाल्छे । यस्तो व्यवहार गर्छे, मानौं उसलाई उसलाई कुनै कुराको पर्बाह छैन ।

किट्टी १ शान्त एनको प्रतिक्रिया भने ठीक उल्टो हुन्छ । इमानदार भएर भन्ने हो भने यो कुराले साँच्चै मेरो चित्त दुख्छ । त्यसैले म आफूलाई बदल्ने भरमग्दुर प्रयास गर्छु । जहिले पनि आफूभन्दा शक्तिशाली शत्रुसँग लडिरहेकी हुन्छु ।

मभित्र एउटा आवाज रुँदै पुकार्छ, “ल हेर् त तँ के भइस् रु तँ कठोर भइस् । तँ घमण्डी र झगडालु देखिन्छेस् । तँ आफ्नै अर्धाङ्ग ९आफ्नै मनको अर्को हिस्सा— एनले यहाँ आफ्नो व्यक्तित्व दुई भागमा बाँडिएको बताएकी छन्०ले दिएको सल्लाह पनि मान्दिनस्, त्यसैले मान्छेहरू तँलाई घृणा गर्छन् ।”

म मनको कुरा सुन्न चाहन्छु, सुध्रिन चाहन्छु तर यसमा सफल हुन सकेकी छैन । म शान्त र गम्भीर हुन खोजें भने अरूले यसलाई नयाँ नौटङ्की ठान्ने गर्छन् । त्यसैले यसलाई मजाकमा बदलेर मैले जोगिनुपर्ने हुन्छ । मेरो गम्भीरता मेरो आफ्नै परिवारलाई पच्दैन । उनीहरू त म बिरामी भएको ठान्छन्, टाउको दुख्यो कि भनेर औषधि दिन्छन् र निद्रा लगाउने चक्की निल्न लगाउँछन् । ज्वरो आएको छ कि भनेर मेरो घाँटी र टाउको छाम्छन् । कब्जियत त भएको छैन भनेर सोध्छन् अनि खराब मनस्थितिमा रहेको भन्दै मेरै कुरा काट्छन् । म यी कुरा सहन सक्दिनँ । त्यो हदसम्म हेरचाह गर्न थालियो भने म पहिले रिसाउँछु अनि दुःखी हुन्छु । त्यसपछि म खराब कुरालाई हृदयबाहिर र असल कुरालाई हृदयभित्र राख्ने कोसिस गर्छु ।

अनि, म जे बन्न चाहन्छु र बन्न सक्छु, त्यो बन्ने उपाय खोजिरहन्छु ।

।।।संसारमा अरू मानिस हुँदैनथे भने।।। ।

तिम्री
एन

(भर्खरै बजारमा आएको किताब ‘एक किशोरीको डायरी’को एक अंश । एन फ्र्यांकको विश्वप्रसिद्ध पुस्तक ‘डायरी अफ अ योङ गर्ल’को नेपाली अनुवाद पत्रकार खगेन्द्र गिरीले गरेका हुन् भने सिकाइ समूहले यसको प्रकाशन गरेको हो ।)