Swornakshar Logo

बाबुरामको गम्भीर आरोपस् अरबौंको भ्रष्टाचार हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेन

२२ पुस । काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भिर आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया पनि दिए ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने जानकारी पनि दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।