Swornakshar Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीको प्रतिवेदन पेश

२५ मंसिर । काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार पनि राजनीतिक प्रस्तावमाथि छलफल भएको छ । मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रस्तावमा मंगलबार केन्द्रीय सदस्य चित्रलेखा यादव, डा।नारायण खड्का, फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, केशवकुमार बुढोथोकी, आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द,गोरख विष्ट र रमा कोइराला पौडेलले आ–आफ्नो धारणा राखेका छन् । मंसिर ९ गतेदेखि चलेको बैठकमा राजनीतिक प्रस्ताव माथि धारणा व्यक्त गर्ने क्रम जारी नै छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकमा डा।शशांक कोइरालाले मंगलबार महामन्त्रीको प्रतिवेदन प्रस्तुत गरे । राजनीतिक प्रस्तावको छलफल सकिएपछि उक्त प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ । केन्द्रीय कार्यसमितिको आगामी बैठक बुधबार विहान ११ः०० बजे पुनः बस्नेछ ।