Swornakshar Logo

नेकपासँग पार्टी एकता असम्भवः वैद्य

 

१८ मंसिर । बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपासँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन । उनले भने,‘प्रचण्ड–ओलीको पार्टीसँग एकता हुने कुरा असम्भव छ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा हुने भन्दै किरणले भने, ‘प्रचण्डसँग पानी बाराबार गर्ने कुरा भएन्, भेटघाट, कुराकानी हुन्छ तर, पार्टी एकताका बारेमा कुरा हुँदैन ।’

पार्टीको मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा बोल्दै किरणले सैद्धान्तिक राजनीतिक आधार बनाएर विचार मिल्नेसँग एकता गर्ने बताए । उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्व पार्टीसँग पनि एकता नहुने बताए ।