Swornakshar Logo

खुँखार डाँका ‘कट्टु’ काठमाडौँको सोल्टीमोडबाट समातिए

१३ कार्तिक । काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेको खुँखार डाँका कट्टु उपनाम भएका मनिष मानन्धरलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कट्टुलाई काठमाडौँको सोल्टीमोडबाट सोमबार पक्राउ गरेको हो।

परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार मानन्धर २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन्।

‘दशैंमा काठमाडौं भित्रिएको सूचनापछि खोजी गरिरहेका थियौं, पक्राउ गर्न सफल भयौँ’, एसएसपी लामाले भने, ‘उनी नौ वटा मुद्दामा संलग्न रहेको खुलेको छ।’

उनका अनुसार चार वर्ष कैद साजय भुक्तान गरेका मानन्धर नौ वटा हातहतियार तथा डाँका मुद्दाका आरोपी हुन्।